माछापोखरीको महलबाट हामफालेर कांग्रेस नेता श्रेष्ठले गरे हत्या

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, साउन १२, २०७६

नेपाटप

काठमाडौँ – प्रमुख प्रतिपक्षि दल नेपाली कांग्रेस पर्बत जिल्ला सचिब, समाजसेवी, युक्त श्रेष्ठले काठमाडौँ माछापोखरीको हिमालय सिटी सपिङ सेन्टरको ८ औं तलाबाट उनले हामफालेर आत्महत्या गरेका हुन् । काठमाडौं प्रहरी परिसर, टेकुका डीएसपी होविन्द्र बोगटीले श्रेष्ठ मृत भेटिएको पुष्टि गरे ।

‘सपिङ सेन्टरको रेलिङमा चढेर हाम फालेको अवस्थामा भेटिएपछि प्रहरीलाई खबर भएको थियो’, बोगटीले भने, ‘त्यहाँबाट उपचारका लागि पिपुल्स हस्पिटलमा लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।’

नेपाल लाइफ

सामाजिक संजाल मार्फत नेपाली कांग्रेसका केन्द्रिय सदस्य प्रदीप पौडेलले लेखेका छन् , “नेपाली कांग्रेस पर्बत जिल्ला सचिब , समाजसेवी , मित्र युक्त श्रेष्ठको आज काठमाडौं माछापोखरीमा हिमालयन सिटीसेन्ट्ररबाट चिप्लिएर अकल्पनीय मृत्यु भएको खवरले स्तब्ध बनायको छ ।

स्बर्गिय श्रेष्ठ हाम्रा समकालीन र एक असल साथी हुन्न ,युबा उमेरका मित्रलाई गुमाउन पर्दा अत्यन्तै पिडा बोध भएको छ । स्बर्गिय श्रेष्ठ प्रती भाबपूर्ण श्रर्द्दान्जली ब्यक्त गर्दै उहाँको स्वक सन्तब्ध परीबार प्रर्ती हार्दिक समबेदना प्रकट गर्दै श्रेष्ठको अभाबले नेपाली कांग्रेसलाई ठुलो क्षेति पुर्याको छ ,यस दुखद घडीमा सबैलाई धर्यधारणाको लागी अपिल गर्दछु ।” शवको बुधबार पोष्टमार्टम गर्ने परिवारले जनाएको छ ।