निर्मला प्रकरणमा पत्रकार भण्डारीलाई जेल सजाय ! अब के होला ?

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार ३१, २०७६

नेपाटप

काठमाडौँ- पत्रकार खेम भण्डारीले जेल जाने तर माफी नमाग्ने बताएका छन् । जिल्ला अदालत कञ्चनपुरले सर्तसहितको एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको फैसला सुनाएपछि उनले पुनरावेदन जाने बताएका हुन् ।

अदालतले माफी मागे कैद र जरिवाना कार्यान्नयन नहुने फैसला गरेको छ । तर भण्डारीले भने आफूले गल्ती नगरेकोले माफी नमाग्ने बरु जेल जान तयार रहेको बताए ।उनले पुनरावेदन जान कानून व्यवसायीहरुसँग सल्लाह गरिरहेको बताए ।

नेपाल लाइफ

भण्डारीविरुद्ध नेपाल वार एसोसिएसन कञ्चननपुरले अवहेलना मुद्दा दर्ता गरेको थियो । सो मुद्दामा जिल्ला न्यायाधीश डा. सुरेन्द्र प्रसाद आचार्यको इजलासले एक घण्टा कैद र एक रुपैयाँ जरिवानाको सजाय सुनाएको छ ।

तर भण्डारीले फेसबुक र पत्रिकामा अदालतविरुद्ध लेखेका सामग्री हटाएर आत्मालोचना गरेमा कैद र जरिवाना कार्यान्नयन नहुने आदेशमा उल्लेख छ ।

कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलात्कारपछि हत्या भएको घटनामा भण्डारीले आफ्नो फेसबुक र पत्रिकामार्फत अदालतको अवहेलना गरेको भन्दै मुद्दा दर्ता गरिएको थियो ।