झापामा घट्यो डरलाग्दो घटना, यस्तो छ नालीबेली

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार १७, २०७६

नेपाटप

झापा – भाडामा बस्दै आएकी १७ वर्षीया दलित किशोरीले आफूलाई घरधनीले डर र त्रासमा पारी एक वर्षदेखि शारीरिक शोषण गर्दै आएकाले कानूनी कारवाहीका लागि प्रहरीमा उजुरी दिएकी छिन् ।

पीडित किशोरीको परिवार खड्का थरका स्थानीयवासीको पुरानो घरमा भाडामा बस्दै आएको थियो । घरधनी खड्काले नै शारीरिक शोषण गरेको भनी दोषी किटान गरेर धुलाबारी इलाका प्रहरी कार्यालयमा गत असार २ गते पीडितले उजुरी दिएकी उक्त कार्यालयका प्रहरी निरीक्षक कोमल ठाकुरले जानकारी दिएका छन् ।

नेपाल लाइफ

अभियुक्त खड्काले असार २ गते साँझ पछिल्लोपटक बलात्कार गरेपछि मेचीनगर–१० स्थित आम्दा अस्पताल नजिकै ती किशोरीलाई अलपत्र सडकमा छाडेका थिए । स्थानीयवासीले पीडित किशोरीलाई रुँदै सडकमा बसिरहेको अवस्थामा फेला पारेर प्रहरीलाई बुझाएका थिए ।

अभियुक्त फरार भएकाले खोजतलास तीव्र पारिएको प्रहरी निरीक्षक ठाकुरले जानकारी दिएका छन्। पीडित किशोरीले आफूलाई पटकपटक शारीरिक शोषण गरेपछि खड्काले कतै सुनाएमा मारीदिने धम्की दिँदै आएको बताएकी अजजष्ल ।