Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

नेपाल प्रहरी कुट्ने चिनियाँलाई ५ हजारमै छाड्यो ओली सरकारले !

नेपाल प्रहरी कुट्ने चिनियाँलाई ५ हजारमै छाड्यो ओली सरकारले !

  • मिडिया डबली

  • बिहिवार, जेठ ८ २०७७


  • नेपाल प्रहरी कुट्ने चिनियाँलाई ५ हजारमै छाड्यो ओली सरकारले !

    काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले सिंहदरबार अगाडि प्रदर्शन गर्ने क्रममा प्रहरीलाई कुटेको अभियोगमा पक्राउ परेका चिनियाँ नागरिकलाई छाडेको छ ।

    ओली सरकारको निर्देशनमा चल्ने जिल्ला प्रशासन कार्यालय काठमाडौंले प्रहरी कुट्ने चिनियाँलाई ५ हजार धरौटीमा छाड्न आदेश दिएपछि अभियुक्तहरू छुटेका छन् ।

    images

    काठमाडौं प्रहरी परिसर टेकुका प्रवक्ता डीएसपी राजकुमार केसीले चिनियाँ अभियुक्तलाई बुधवार छाडिएको जानकारी दिए । चिनियाँ नागरिकहरू घर फिर्तीको माग गर्दै प्रदर्शन गर्ने क्रममा बैशाख २६ गतेमा पक्राउ परेका थिए ।

    नियन्त्रण लिन खोज्दा प्रहरीलाई चिनियाँ नागरिकले कुटेका थिए । चिनियाँ नागरिकले प्रहरी कुटिरहेको भिडियो भाइरल भएको थियो । त्यसक्रममा सिंहदरबार प्रहरी वृत्तका डीएसपी हरिबहादुर बस्नेत र १ जना प्रहरी जवान घाइते भएका थिए । तर सरकारले चिनियाँलाई ५ हजार धरौटीमै छाडेको छ ।

    बिहिवार, जेठ ८ २०७७०७:४३:०६
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology