Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

आज हावाहुरीसहित वर्षा र हिमपात हुने पूर्वानुमान

आज हावाहुरीसहित वर्षा र हिमपात हुने पूर्वानुमान

  • मिडिया डबली

  • बिहिवार, चैत्र २० २०७६


  • काठमाडौं – मौसम पूर्वानुमान महाशाखाले बिहीबारको मौसममा हावाहुरीसहित वर्षा र हिमपात हुने पूर्वानुमान गरेको छ । पूर्वानुमान महाशाखाका अनुसार हाल देशमा स्थानीय वायुको प्रभाव रहेको छ । महाशाखाले बिहानसम्म देशभर मौसम सामान्यतया सफा रहेपनि दिउँसो र साँझ वर्षा र हिमपातको पूर्वानुमान गरेको छ । महाशाखाले बिहीबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली हुने र अपराह्नतिर थोरै स्थानहरूमा मेघगर्जन, चट्याङ, हावाहुरी र असिनासहित वर्षाको सम्भावना रहेको जनाएको छ । अन्य क्षेत्रमा मौसम सामान्यतया सफा रहने पूर्वानुमान गरिएको छ । बिहीबार राति देशका पहाडी भू–भागमा आंशिक बदली भएर पहाडी भू–भागका १–२ स्थानमा मेघगर्जन, चट्याङ तथा असिनासहित वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    बिहिवार, चैत्र २० २०७६०८:१०:३०
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology