Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

पेट्रोल र डिजेलको मूल्य धेरै घट्यो, कति पुग्यो ? (पूर्ण विवरणसहित)

पेट्रोल र डिजेलको मूल्य धेरै घट्यो, कति पुग्यो ? (पूर्ण विवरणसहित)

  • मिडिया डबली

  • बुधवार, चैत्र १९ २०७६


  • काठमाडौं – नेपाल आयल निगमले पेट्रोलियम पदार्थ पेट्रोल, डिजेल र मट्टितेलको मूल्य एकैपल्ट धेरै घटाएको छ । निगमले सबैमा प्रतिलिटर १०/१० रुपैयाँले मूल्य घटेको हो । बुधवार नेपाल आयल निगमको सञ्चालक समितिको बैठकले पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १०/१० रुपैयाँ घटाउने निर्णय गरेको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उच्च गिरावट आएसँगै दक्षिण एसियाली क्षेत्रमा पनि मूल्य घटेको र भारतीय आयल निगमले मूल्य घटाएर पठाएको छ । निगमले स्वचालित मूल्य निर्धारण प्रणाली समेत निलम्बन गरेर नयाँ मूल्य निर्धारण गरेको निगमका प्रवक्ता मिनितमणि उपाध्यायले बताए । नयाँ मूल्य अनुसार अब पेट्रोलको मूल्य ९६ रुपैयाँ प्रतिलिटर, डिजेल र मट्टितेलको ८५ र हवाई इन्धनको ७५ रुपैयाँ आन्तरिक र ९५० प्रतिकिलोलिटर पर्ने भएको छ । एलपी ग्याँसको हालको मूल्य भने यथावत रहेको छ । घटेको मूल्य बुधबार राति १२ बजेदेखि लागू हुने जनाइएको छ ।

    बुधवार, चैत्र १९ २०७६०७:३७:१५
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology