Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

ओली सरकार भ्रष्टाचारमा मुछिएपछि प्रचण्ड सक्रिय, बालुवाटारमा आकस्मिक भेटवार्ता

ओली सरकार भ्रष्टाचारमा मुछिएपछि प्रचण्ड सक्रिय, बालुवाटारमा आकस्मिक भेटवार्ता

  • मिडिया डबली

  • बुधवार, चैत्र १९ २०७६


  • काठमाडौं – कम्युनिस्ट प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले कोरोना भाइरस संक्रमण रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका स्वास्थ्य सामग्रीमा भ्रष्टाचार भएको चर्चा चलेपछि सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सक्रिय भएका छन् । अध्यक्ष प्रचण्डले बुधबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर ओलीसँग आकस्मिक भेटवार्ता गरेका छन् । स्वास्थ्य सामग्री खरिदमा भएको भ्रष्टाचारको चर्चाबारे प्रचण्ड र ओलीबीच डेढ घण्टा कुरा भएको छ । बुधवार अपराह्न ४ बजेदेखि साँझ साढे ५ बजेसम्म अध्यक्षद्वयबीच छलफल भएको जनाइएको छ । अध्यक्ष प्रचण्डकी प्रमुख स्वकीय सचिव गंगा दाहालका अनुसार कोरोनो भाइरस जाँचका लागि चीनबाट ल्याइएका स्वास्थ्य उपकरण खरिदमा भएको अनियमितताका सम्बन्धमा उठेका चर्चा, दार्चुला लगायतका जिल्लाका सीमा क्षेत्रबाट स्वदेश प्रवेश गर्न खोजेका आम नेपालीले भोग्नुपरेका समस्या र लकडाउनका कारण पेट पाल्न मुस्किल परिरहेका श्रमिक मजदुरलाई राहत दिने विषयमा छलफल भएको छ । ‘तत्काल देखिएका समस्या समाधान गर्ने सहमति दुवै अध्यक्षबीच भएको छ,’ दाहालले भनिन् । कोरोनासँग सम्बन्धित स्वास्थ्य सामग्री महंगोमा खरिद गरिएको भनेर सरकारको आलोचना भएपछि स्वास्थ्य मन्त्रालयले खरिद सम्झौता रद्द गरेको छ ।

    बुधवार, चैत्र १९ २०७६०७:१९:१८
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology