Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

दुनियाँलाई सहयोग गर्छु भन्ने चीनका नागरिक नेपालमा मास्क कालोबजारी गर्दागर्दै पक्राउ

दुनियाँलाई सहयोग गर्छु भन्ने चीनका नागरिक नेपालमा मास्क कालोबजारी गर्दागर्दै पक्राउ

  • मिडिया डबली

  • बुधवार, चैत्र १९ २०७६


  • काठमाडौं – कोरोना भाइरस संक्रमणको त्रास बढेका बेला बढी मूल्य लिएर मास्क बेच्ने एक जना चिनियाँ महिला पक्राउ परेकी छन् । ४ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको आरोपमा चिनियाँ नागरिक ४७ वर्षीया क्वान जूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । कास्कीको बैदाममा रहेकी उनलाई १ हजार १ सय ५० थान मास्कसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय कास्कीका प्रवक्ता डीएसपी राजकुमार केसीका अनुसार ४ रुपैयाँ पर्ने मास्कलाई ३० रुपैयाँभन्दा बढीमा बेचेको पाइएकाले उनलाई पक्राउ गरिएको छ । पोखरामा व्यवसाय गर्दै आएकी उनलाई चैत १५ गते पक्राउ गरिएको थियो । चैत १६ गते जिल्ला प्रशासन कार्यालय कास्कीबाट ५० हजार रुपैयाँ धरौटी तिराएर रिहा गरिएको प्रहरीले जनाएको छ ।

    बुधवार, चैत्र १९ २०७६०३:३५:२३
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology