Logo
  • शनिवार, जेठ २४ २०७७Jun 06 2020

images
images

प्रचण्डले गरे नेपालको बेइज्जत, चिनियाँ राष्ट्रपतिलाई अंग्रेजीमा लेखेको चिठ्ठीमा गल्ती नै गल्ती

प्रचण्डले गरे नेपालको बेइज्जत, चिनियाँ राष्ट्रपतिलाई अंग्रेजीमा लेखेको चिठ्ठीमा गल्ती नै गल्ती

  • मिडिया डबली

  • सोमवार, चैत्र १७ २०७६


  • काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाललाई नेपाली राजनीतिका चतुर खेलाडी मानिन्छ। उनी जुनसुकै अवस्थालाई चाँडो बुझ्छन्। र, निणर्य लिइहाल्छन्। त्यसैले धेरैले उनलाई डायनामिक नेता समेत भन्छन्। तर, हालै उनले चिनियाँ राष्ट्रपति चिनियाँ राष्ट्रपति सी जिन्पिङलाई लेखेको पत्रमा भने उनको चतुर्याइँ काम लागेन। उनले हस्ताक्षर गरेको पत्र कसले लेखिदिएको हो वा आफैंले लेखेका हुन्, राम जाने। तर, उक्त पत्रमा गल्ती नै गल्ती छन्। अहिले उक्त पत्रलाई लिएर सामाजिक संजालमा खिल्ली उठाइएको छ।

    'प्रचण्ड सरको चिट्ठी अंग्रेजीमा चीनका राष्ट्रपतिलाई । लेख्नै परे नेपालका राष्ट्रपतिले लेख्थिन् होला । मुख हुँदाहुँदै किन नाकले पानी पिउनु परेको भन्ने त समाचार पढ्दै लागेको थियो । अंग्रेजीमा कुटनीतिक लेखाइ यति ठाडो त नहुनु पर्ने भन्ने कुरा पनि सम्झिँए । तर, कोरोना अरिंगालहरुलाई किन उफार्नु भनेर चूपै लागेँ,' भानुभक्त आचार्यले फेसबुकमा लेखेका छन्, 'अहिले त ट्विटरमा यो अंग्रेजी चिट्ठीको पूरै चीरफार गरेर घुमाइराखेका रहेछन् । लकडाउनका बेला फेसबुके मित्रहरुलाई पनि अलिकति मनोरञ्जन होस् भनेर यता सेयर गरियो । यस्तो लेखाइभन्दा चैं टिकटक बनाउँदा गज्जब हुन्छ । आफ्नो बेइज्जत आफैं नगरौं न हो ।'

    images

    सोमवार, चैत्र १७ २०७६१२:१९:४८
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology