कम्युनिस्ट सरकारले नसकेको काम कांग्रेस सांसद चौधरीले गर्दै, तीन दिन भित्र स्वास्थ्यकर्मीलाई पिपिई

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र १२, २०७६

नेपाटप

काठमाडौं–चौधरी फाउन्डेसनले स्वास्थ्यकर्मीको सुरक्षा उपकरण उपलब्ध गराउने जनाएको छ। फाउन्डेसनका अध्यक्ष विनोद चौधरीले ट्वीटर मार्फत सुरक्षा उपकरण उपलब्ध गराएको बताएका हुन्।

‘हाम्रो अहिलेको मुख्य चुनौती र आवश्यकता अस्पताल र क्वारेन्टाइनरआइसोलेसन सेन्टरको जोखिम मूल्यांकन गरी अत्यावश्यक सामग्री उपलब्ध गराउनु हो। सबैभन्दा पहिले स्वास्थ्यकर्मीको सुरक्षा सुनिश्चित गरी सुरक्षा उपकरण उपलब्ध गराउनु आवश्यक थियो। चौधरी फाउन्डेसनले यसमा केही सफलता हासिल गरेको छ,’ उनले भनेका छन्।

नेपाल लाइफ

यस्तै फाउन्डेसनले देशभरका स्वास्थ्यकर्मीलाई पिपीई उपलब्ध गराउने बताएका छन्। ‘आजको आवश्यकता पैसा होइन, यी उपकरणको सहज आपूर्ति हो । उपचारको अभिभारा बोकेका स्वास्थ्यकर्मीको सुरक्षा हो। यसतर्फ हामी अत्यन्तै सजग र संवेदनशील छौं । त्यसैले, आगामी ३ दिनभित्रमा देशभरिका सबै संवेदनशील स्थानमा पीपीईलगायत अन्य सामग्री उपलब्ध गराउने लक्ष्यसाथ अगाडि बढिरहेका छौं,’ उनले भनेका छन्।