Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

तीन लाख घुसप्रकरणमा मुछिइन योगेश पत्नी विन्दा, यसरी गरियो बार्गेनिङ (प्रमाण सहित)

तीन लाख घुसप्रकरणमा मुछिइन योगेश पत्नी विन्दा, यसरी गरियो बार्गेनिङ (प्रमाण सहित)

  • मिडिया डबली

  • बिहिवार, फाल्गुण २९ २०७६


  • काठमाडौं– पर्यटनमन्त्री योगेश भट्टराईकी श्रीमती विन्दा घिमिरेको नाम तीन लाख घुस प्रकरणमा मुछिएको छ। नेपाल नर्सिङ काउन्सिलको लाइसेन्स परीक्षामा उत्तीर्ण गराइदिने र उक्त रकम घिमिरेले खाने भन्दै गरिएको च्याट बाहिरिएको छ।

    काउन्सिलकी एक सदस्यले विद्यार्थीसँग घुस मागेको फेसबुक म्यासेन्जरको च्याटमा घिमिरेको नाम जोडिएको छ। काउन्सिलको सदस्य जिता बरालले एक विद्यार्थीसँग लाइसेन्स परीक्षामा उतीर्ण गराउन घुस मागेकी छन्। च्याटमा जिताले नै विन्दासँगको सम्बन्ध राम्रो भएको बताएकी छन्। अहिले उक्त च्याट समाजिक सञ्जालमा भाइरल भइरहेको छ।

    images

    च्याटमा जिताले कुरा गरेकी विद्यार्थीले काउन्सिलको २४ औँ परिक्षाबाट लाइसेन्समा उत्तिर्ण भएकी छिन । च्याटमा जिताले पैसा माग्दा तीन लाख घटी नसक्ने बताएकी छिन । उनले तीन लाख मध्ये १ लाख ५० हजार रूपैयाँ काउन्सिलकी रजिष्ट्रार विन्दाले खाने र बाँकी पनि अरूले बाँडेर खानुपर्ने बताएकी छिन ।

    उनले गत भदौमा भएको नर्सिङ काउन्सिलको निर्वाचनभन्दा अघि यसरी घुस मागेको च्याट रेकर्डबाट देखिन्छ । ती विद्यार्थीले जिताको नाममा एकै पटक २ लख ५० हजार रूपैयाँ पठाएको च्याटबाट देखिन्छ । जिताले पैसा पठाएको हो भनेर सोध्दा उनले ७१३४६७८९९७ डि ७१२३८७६७५६ डी मा आइएमइ गरेर पैसा पठाएको च्याटमा उल्लेख गरेकी छिन । जहाँ २ लाख ५० हजार अहिले नै हालेको र ५० हजार पछि दिने प्रतिवद्धता जनाएकी छन् । जिता नेपाली कांग्रेसको कोटामा चुनाव लडेर काउन्सिलको सदस्यमा विजयी व्यक्ति हुन ।

    यस्तो छ कुराकानीः

     

    बिहिवार, फाल्गुण २९ २०७६०९:२५:२४
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology