कांग्रेसलाई झन् बलियो बनाउन दुईटा कुरा गर्नुपर्छ : सहमहामन्त्री डा. महत

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं – मंसिर १४ गते सम्पन्न उपनिर्वाचनको मतपरिणाम सार्वजनिक भएपछि नेपाली कांग्रेसका सहमहामन्त्री डा. प्रकाशशरण महतले कांग्रेसलाई झन् बलियो बनाउन दुईटा उपाय सुझाएका छन् ।

नेपाली कांग्रेस नेता भीमबहादुर तामाङको स्मृति दिवसमा सोमबार आयोजित कार्यक्रममा बोल्दै महतले उपनिर्वाचनमा जनताले कम्युनिस्ट सरकारसँग असन्तुष्टिको संकेत गरेको बताएका छन् ।

नेपाल लाइफ

कम्युनिस्ट सरकारसँग असन्तुष्ट भएका जनतालाई कांग्रेसको पक्षमा पार्न स्पष्टसँग बुझाउन सकिएन र संगठन पनि गरिएन भने असन्तुष्टिलाई मतमा परिवर्तन गर्न नसकिने डा. महतले बताए ।

‘हाम्रा विचारलाई जनताको बिचमा राख्न सकेनौं र जनताको बिचमा संगठन गर्न सकेनौं भने असन्तुष्टिलाई परिवर्तन गर्न सकिँदैन,’ डा. महतले भने, ‘दुईटा कुरा हामीले गर्नैपर्छ ।’

उनले निरन्तर जनतासँग निरन्तर संवाद र संगठन विस्तार गर्नुपर्ने दुईटा कुरालाई जोड दिएका छन् । पार्टी संगठनमा जनतालाई नजोडेसम्म कांग्रेस पार्टीको विचारप्रति जनताको सम्मान भएपनि मतमा रुपान्तरण हुन कठिन हुने डा. महतले बताएका छन् ।

समकालीन राजनीतिमा तामाङ जस्ता नेता कमै भएपनि उनले देखाएको बाटोको प्रभावले समाजलाई नैतिकता र आदर्शको बाटोमा हिँड्न प्रेरणा दिइराख्ने उनले बताएका छन् ।