धरानमा कांग्रेसले इतिहास रचेपछि विश्वप्रकाशले सिकाए कम्युनिष्टलाई सवक ! चौतर्फी खुसियाली

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं– धरान उपमहानरपालिकाको मेयरमा नेपाली कांग्रेसका तिलक राई विजयी भएका छन् । २८ बर्षपछि नेकपाको गढ भत्काएपछि कांग्रेसजन खुसियाली मनाइरहेका छन् ।

यही अवस्थामा प्रवक्ता विश्वप्रकाश शर्माले धरान पश्चिम बंगाल नभएको बताएका छन् । तिलक राईलाई बधाई दिँदै उनले पश्चिम बंगालमा झैं धरानमा सँधै लालझण्डा फहराइरहन्छ भन्नेले जनताको मत सबैभन्दा माथि रहन्छ भन्ने विर्सिएको बताएका छन् ।

नेपाल लाइफ

‘कसैले भनेः पश्चिम् बंगाल हो धरान । लालझण्डा यहाँ सदैब माथी रहन्छ । बिर्सिए सबै भन्दा माथी जनताको मत रहन्छ । तिनलाई पत्तै भएन पश्चिम् बंगालको राज अलिअघी स्वयं ढलिसकेको थियो बर्लिनको पर्खालझैं ! आज भानु चोकमा उभिएर धरानले भन्यो म परिवर्तनको पक्षमा उभिन्छु । विन्रम बधाई धरानलाई,’ शर्माले ट्वीटमा भनेका छन् ।