दाङ प्रदेशसभाको मतगणना सकियो, कसको कति मत ?

मिडिया डबली संवाददाता प्रकाशित : सोमवार, मंसिर १६, २०७६

नेपाटप

काठमाडौं – दाङ प्रदेशसभा निर्वाचन क्षेत्र नम्बर ३(ख) मा भएको उपनिर्वाचनको मतगणना सकिएको छ ।

अन्तिम मतपरिणाम अनुसार सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) उम्मेदवार बिमलाकुमारी खत्री विजयी भएकी छन् । कांग्रेस उम्मेदवार केशवराज आचार्यले १९ हजार १ सय ८२ मत पाएका छन् ।

नेपाल लाइफ

नेकपाका प्रदेश सांसद उत्तम वलीको निधन भएपछि दाङमा प्रदेशसभा उपनिर्वाचन भएको हो । विजयी नेकपा उम्मेदवार बिमला उत्तमकी श्रीमती हुन् ।

दाङ कम्युनिस्ट मुख्यमन्त्री शंकर पोखरेलको गृहजिल्ला हो । दाङका विभिन्न वडामा कांग्रेसले कम्युनिस्ट किल्ला ढालेपनि प्रदेशसभामा भने नेकपा जित्न सफल भएको छ ।