यी हुन् कम्युनिष्टको किल्ला भत्काइदिने कांग्रेसका हिरो, चौतर्फी प्रसंसा

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १५, २०७६

नेपाटप

विराटनगर– मोरङको धनपालथान गाउँपालिकामा नेपाली कांग्रेस विजयी भएको छ । तत्कालिन एमालेको किल्ला मानिएको उक्त गाउँपालिकाको वडा नम्बर २ को वडाध्यक्षमा नेपाली कांग्रेसका नारायण प्रसाद शाह विजयी भएका छन् । उनले नेकपाका पंकज मण्डललाई २०४ मतले पछाडि पार्दै जित निकालेका हुन् ।

नेकपाका पंकज मण्डलले १४९७ मत ल्याउँदा साहले १७०१ मत ल्याए । राष्ट्रिय प्रजातन्त्र पार्टी संयुक्तबाट ज्योति पासवानलाई २४, नेपाल लोकतान्त्रीक पार्टीका देवनारायण मण्डललाई ८, मंगोल नेशनल अर्गनाईजेशनबाट मेघनाथ पासवानलाई ७, जनमत पार्टीबाट चनरादेवी मण्डललाई ९ र बदरमत ३८ रहेको छ । कुल ४०७४ मतमा खसेको मत ३२८४ रहेको छ । यसअघि उक्त क्षेत्र एमालेले जितेको थियो ।

नेपाल लाइफ