पश्चिम नेपाल हल्लाउने गरी ठूलो भूकम्प धक्का महसूस !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, मंसिर ३, २०७६

नेपाटप

काठमाडौं – सर्वसाधारणलाई त्रसित बनाउने गरी सुदूरपश्चिम, कर्णाली र ५ नम्बर प्रदेशमा ठूलो भूकम्पको धक्का महसूस गरिएको छ ।

मंगलवार साँझ सवा ७ बजेतिर पश्चिम नेपालका सर्वसाधारणले ठूलो भूकम्पको धक्का महसूस गरेका हुन् ।

नेपाल लाइफ

पश्चिम नेपालका पहाडी जिल्ला अछाम, बाजुरा, दैलेख, जाजरकोट, दार्चुला, कालिकोट, दाङ, कैलालीसम्म भूकम्पको धक्का महसूस गरिएको जनाइएको छ ।

ठूलो भूकम्पको धक्का महसूस भएपछि स्थानीय वासिन्दा त्रसित भएर घरबाट बाहिर निस्किएका छन् ।

भूकम्प मापन केन्द्रले बझाङको पौवागडी केन्द्रबिन्दू भएर ५ दशमलव ७ म्याग्निच्यूडको भूकम्प गएको जनाइएको छ ।