प्रहरी निरीक्षकले मरणासन्न हुने गरी कुटे जवानलाई, अस्पताल भर्ना

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, असार २८, २०७६

नेपाटप

विराटनगर- सिरहामा सशस्त्र प्रहरीका प्रहरी निरीक्षक सियाराम चौधरीले जवान विजयकुमार यादवलाई मरणासन्न हुने गरी कुटपिट गरेर घाइते बनाएका छन् ।

सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ गण हेड क्वार्टर सिरहामा कार्यरत निरीक्षक चौधरीले त्यहीँ कार्यरत सप्तरीको शम्भुनाथ नगरपालिका–१ घर भएका जवान ३२ वर्षीय यादवलाई कुटपिट गरेर घाइते बनाएको समाचार बाहिर आएको छ ।

नेपाल लाइफ

यो घटना गत बुधबारको भए पनि आज मात्रै सार्वजनिक भएको छ । घाइतेको विराटनगरको नोबेल शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरी निरीक्षक चौधरीले आफूमाथि बुट र मुक्का प्रहार गरेको पीडितले बताएका छन् । आफूमाथि कार्यालयकै गेटमा सबैका अगाडि कुटपिट गरिएको यादवको आरोप छ ।

इन्सपेक्टर चौधरीले भने आफूले यादवमाथि कुटपिट गरेको अस्वीकार गरेका छन् ।