केदार पोखरेलले ल्याए छैटौँ कृति ‘बाटो भत्किएपछि’

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, पुस १५, २०७६

नेपाटप

काठमाडौं– साहित्यकार केदार पोखरेलले छैटौँ कृति ‘बाटो भत्किएपछि’ ल्याएका छन् । सर्जक पोखरेलले उक्त कृतिमा अध्यात्म, परिवार, गाँउ, समाज, सुुशासन, राष्ट्रप्रेमका साथै राजनीतिक र कानूनका क्षेत्रमा मौलाउँदै गएको विकृति र विसङ्गतिका घटना उजागर गर्न कोसिस गरेका छन् ।

कृतिको समीक्षा गर्दै साहित्यकार स्वागत नेपालले मुलुकको शासन व्यवस्था ठीक ढङ्गबाट अघि नबढेका कारण जनताले खेप्नु परेको यावत भोगाइको चित्र गरिएको कविता सङ्ग्रहबारे जानकारी गराएका थिए ।

नेपाल लाइफ

अर्थशास्त्री डा. विजय पौडेलले सांस्कृतिक चेतना बिना समाजले समृद्धि हासिल गर्न सक्दैन भन्ने पाटोबाट हेर्दा पुस्तक निकै स्तरीय रहेको बताए । सो अवसरमा पूर्वमन्त्री पोखरेल, साहित्यकारत्रय राकेश, शर्मा र ठकुरीले छोटो समयमा धन कमाउ भन्ने सोचले राष्ट्रका वैभव भाषा, संस्कृति, संस्कार, नैतिकता, परम्परामा असर पुु¥याउने ढङ्गबाट अघि बढिरहेको समाजलाई एक पटक आफ्नो धरातलाई बुुझेर अघि बढन कृतिले मार्गनिर्देश गरेको धारणा राखे ।

उनीहरुले मानवीय मूूल्य र मान्यताका हिसाबले समाज कमजोर भएको तथा राजनीतिमा नीति र नैतिकता हराएका विषयमा पनि कविले कृतिमा व्यङ्ग्य गर्न सफल भएको बताए ।

उक्त सङ्ग्रहमा आशा अनुुरोध, देशको निर्माण, बाँचेर त हेर, जीवनको अर्थ, आमा, बूढेसकालको बासना, मात्यौ भने ढल्छौ, कानूून दिवस, क्रान्ति, सुुन्दरता र धन, सुुगा–देश– विदेश, मान्छे कि पशुुलगायतका शीर्षकका एकसय कविता समावेश छन् ।

यसअघि साहित्यकार पोखरेलले सम्मान, अंशबण्डा, दलितको झुपडी कथा सङ्ग्रह, आमा कविता सङ्ग्रह, चेप्टे भँगालो उपन्यास प्रकाशित छन् ।