Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

अनुहारको छाला राम्रो बनाउने हो ? प्रयोग गर्नुहोस् सुन्तलाको बोक्रा

अनुहारको छाला राम्रो बनाउने हो ? प्रयोग गर्नुहोस् सुन्तलाको बोक्रा

  • मिडिया डबली

  • सोमवार, पौष १४ २०७६


  • सुन्तलामात्रै होइन सुन्तलाको बोक्रामा पनि उत्तिकै गुण हुन्छ । विशेषगरी, सुन्तलाको बोक्रा छालाको लागि लाभदायी हुन्छ । यसले छालालाई धेरै समस्याबाट बचाउँछ । सुन्तलाको बोक्राको फेस मास्कलाई सबैभन्दा लोकप्रिय मास्कको रुपमा लिइन्छ ।

    सुन्तलाको बोक्राबाट लाभ लिनको लागि यसको बोक्रालाई सुकाएर धुलो बनाउने र यसलाई विभिन्न तरिकाबाट प्रयोग गर्न सकिन्छ । यसले एक्नीदेखि ब्याकहेड्सबाट छालालाई बचाउँछ ।

    images

    यस्ता छन् फाइदा

    एक्नी हटाउन: सुन्तला भिटामिन सीले भरिपूर्ण भएको फल हो । भिटामिन सीमा एन्टिअक्सिडेन्ट र एन्टि इन्फ्लामेन्टरी गुणले भरिएको हुन्छ । जसले एक्नी हटाउन मद्दत गर्छ । साथै, एक्नी जन्माउने हाइपरपिग्मेन्टेशनलाई पनि निको गर्छ ।

    मरेको छाला हटाउन: अनुहारमा रहेका मृत छालालाई हटाउन सुन्तलाको बोक्रा निकै फाइदाजनक हुन्छ । अनुहारमा बन्ने मृत छालाले छिद्रहरुलाई बन्द गरिदिन्छ जसले अनुहारको छालामा विभिन्न समस्या पैदा गर्छ । त्यसको लागि सुन्तलाको बोक्रामा हुने साइट्रिक एसिडले उक्त मृत्र छालाका कोशिकालाई हटाउनको लागि एक्सफोलिएटको काम गर्छ र तपाईंको छालालाई जोगाउँछ ।

    फोहोर सफा गर्न:  छालामा फोहोर जमेर छालामा समस्या छ भने सुन्तलाको बोक्रा अनुहारमा लगाउँदा छालालाई पोषण पुग्ने र छाला सफा बनाउँछ । र प्राकृतिक चमक ल्याउँछ ।

    चमक: सुन्तलाको बोक्राले छालामा चमकता ल्याउँछ । सुन्तलाको बोक्रामा हुने एन्टिअक्सिडेन्ट नामक तत्वले फ्रि रेडिकलको प्रभावबाट बचाउँछ र साइट्रिक एसिडले छालालाई एक्सफोलिएट गर्छ । सुन्तलाको बोक्राबाट बनेको मास्क लगाउँदा टोन र कसिलो बनाउन मद्दत गर्छ ।

    कलिलो छाला: सुन्तलाको छालामा उपलब्ध भिटामिन सी शक्तिशाली एन्टिअक्सिडेन्ट हो जसले छालालाई बाहिरी फोहोरबाट बचाउँछ । यसले उमेरभन्दा कम देखाउँछ मद्दत गर्छ ।

    सोमवार, पौष १४ २०७६१०:२३:५४
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology