कांग्रेस फुटको होइन एकजुटको अहिलेको आवश्यकता हो : महर्जन

मीनकृष्ण महर्जन प्रकाशित : शनिबार, पुस १२, २०७६

नेपाटप

मीनकृष्ण महर्जन, युवा नेता, नेपाली कांग्रेस

समय परिवर्तनशील छ । परिवर्तन प्रकृतिको नियम हो । हिजो, आज र भोलिको गुणात्मक समीक्षा नै दुरगामी भविश्य हो । परिवर्तनको सम्वाहक नेपाली कांग्रेस राणाको चरम अन्यायविरुद्ध ०७ सालको क्रान्ति साथै ०१५ सालको दुई तिहाई बहुमतमा महामानव विश्वेश्वरप्रसाद कोइरालाको अनुयायी जसमा दुईतिहाईभित्र जातीय भाषिक धार्मिक समावेशिताको अंकुरण सहितको समाजवाद नेपाली कांग्रेसको स्वरुप हो भन्नुमा अतियुक्ति नहोला ।

नेपाल लाइफ

राजा महेन्द्रको निरंकुशतामा लादिएको पञ्चायतविरुद्ध सोँच र खोजको बहुदलसंग जोडिएको नेपाली कांग्रेस ०४६ सालको संविधान कै प्रणयता भन्नु नेपाली कांग्रेसको वास्तविकता हुन आउँछ ।

जनताको बहुमतमा उन्माद नेपाली कांग्रेस ०५१ सालको मध्यावधि नै नेपाली कांग्रेसमा छायाँको सूर्य ग्रहण हो । ०४८ को स्थानीय विकासमन्त्री रामचन्द्र पौडेलको ग्रामीण स्वावलम्वन तत्कालीन ५० हजार रुपियाँ गाविस बजेट थियो ।

मध्यावधी चुनावपछि आफ्नै कार्यकालको मन्त्रालयको घर्रामा नेपाली कांग्रेसले छाडेको नीति तथा कार्यक्रमलाई तत्कालीन मुलुकका प्रधानमन्त्री मनमोहन अधिकारीले सस्तो नारा संभार गरी एमालेको आफ्नो गाउँ आफै बनाउको सस्तो प्रचार नारा नै मध्यावधिपछि कांग्रेसका लागि प्राणघातक राजनीतिक नारा साबित भयो ।

०५२ मा उदय भएको माओवाद बहुदलको पर्यायी दुर्गामी असर सावित भयो । कोही कसैबाट उत्साहित भएको माओवाद यो देशको घातक अवसरवादको रुपमा परिणत भयो । राजा वीरेन्द्रको महाननतामा छिमेकी राष्ट्रको ‘कु’ दृष्टिसंगै राजदरबार हत्या काण्डपछि जन्मिएका राजा ज्ञानेन्द्रको माओवादको चाहना यो देशमा परिवर्तनको बाधक थियो । क्रान्तिको नाममा अवसरवाद माओवादीलाई लोकतान्त्रमा ल्याउनु कांग्रेसको सफल इतिहासको अर्को इतिहास थियो ।

चलखेलमा बिकाउ कम्युनिस्टले गरेको भ्रमको खेतीलाई आमजनता माझ पु¥याउन नसक्नु ०४६ को हार थियो । तत्कालीन माओवादीको डर त्रास धम्कीको बाबजुद नेपाली ०६४को पहिलो संविधान सभा निर्वाचनमा पहिलो पार्टी बन्यो । मुलुक कब्जा गर्ने नीति अनुसार नेपाली सेनाका प्रमुख सेनापती परिवर्तन नीति अपनायो । त्यसमा माओवादी सफल हुन सकेन र प्रचण्डले राजीनामा दिन बाध्य भयो ।

कम्युनिस्टको तानाशाह र बिकाउ नीतिलाई जनताले बुझेपछि ०७० मा दिएको मतदान कांग्रेसले संविधानको लागि दिएको जनमत स्वीकार ग¥यो । नेपाली कांग्रेस ठूलो पार्टी बन्यो । तत्कालीन नेपाली कांग्रेस सभापति सुशील कोइराला नेतृत्वमा बनेको सरकारले नेपालमा संविधान ल्यायो । जनहित मतदानको समीक्षा गरेन त्यो नै कांग्रेसको लागि पछुतो साबित भयो । संविधान दियो कांग्रेसले महामानव विश्वेश्वरप्रसाद कोइरालालाई बिर्सियो । आफ्नो गुटको भ्रातृ संगठन सम्झियो कांग्रेसले नेपाली मतदातको भातृत्व बिर्सियो । आ–आफ्नै गुटको मनोभावना र मनोदशामा कांग्रेस रमायो । कांग्रेसले मतदाताको भावनामा खेलवार गर्‍यो ।

आफनै नातागोता, परिवारवाद, चाकडीवाद सम्झियो कांग्रेसले । संथापक नेताको समाजवाद चटक्कै पन्छायो । कांग्रेसको गल्तीले जन्मिएको कम्युनिस्ट सरकार जसमा ४ प्रधानमन्त्री रहँदा देशले संविधान पाउन सकेन । समीक्षा गरौँ । कांग्रेसको इतिहास प्रष्टसंग केलाउ, पार्टीमा गुट होइन जुट चाहिएको छ । कांग्रेसमा संस्थापन होइन, योग्य क्षमता चाहिएको छ । झण्डै दुईतिहाईमा उन्माद कम्युनिस्टको असफल देशको विकास नीतिलाई समीक्षा गरौँ । भर्खरै देशमा भएको उपनिर्वाचन जुन धरानको लालकिल्ला भत्किएको समीक्षा, चितवनमा प्रचण्ड र प्रचण्ड पुत्रीको दब्दबाका वीच निस्किएको कांग्रेसको विजय झण्डा फहराएको छ ।

भक्तपुरका जनताले दिएको जनमत लगायत देशभरि कै मतदाताको आकांक्षालाई समात्न म र तँ कांग्रेस नभनी राष्ट्र र सक्षम नेतृत्व पार्टीको हरेक तप्कामा हुनु पार्टीको सुदृढीकरण र जनजागरण हुन आउनेछ । तानाशाह भ्रष्टाचारले सीमा नाघेको कम्युनिस्ट सरकारदेखि नेपाली जनता आजित भई सकेको अवस्थामा कांग्रेस आन्तरिक किचलो गुटबन्दीमा लाग्नु कांग्रेसको लागि घात बाहेक फाइदा हुन्न । त्यसैले अब कांग्रेस फुटको होइन एकजुटको अहिलेको आवश्यकता हो । जय नेपाल ।