गुडिरहेको पेट्रोल गाडी विस्फोट हुदाँ ४५ जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, असार १८, २०७६

नेपाटप

नाइजेरिया- नाइजेरियाको मध्य क्षेत्रमा इन्धन लिएर गुडिरहेको पेट्रोल गाडी दुर्घटनापछि भएको विस्फोटमा परी कम्तीमा ४५ जनाको मृत्यु भएको नाइजेरियाको आपतकालीन सेवा कार्यालयले जानकारी दिएको छ ।

पेट्रोल गाडी सडकमा ढलेपछि यसबाट चुहेको इन्धनलाई जम्मा गर्न सडकमा भेला भएका नागरिकहरूको दुर्घटनामा मृत्यु भएको बताइएको छ । ट्रक बेनु राज्यको ओहुम्बे गाउँमा दुर्घटनाग्रस्त भएको थियो ।

नेपाल लाइफ

सडक सुरक्षामामिला हेर्ने संघीय आयोगका कमान्डर अलियुबाबाले घटनाको पुष्टि गर्दै भने, ‘हामीले ४५ मृत शरीरलाई घटनास्थलबाट निकालेका छौँ भने कम्तीमा १०० घाइतेलाई उपचारका लागि अस्पताल भर्ना गरिएको छ । अधिकांशको शरीरका भागहरू जलेका र मृतकको सङ्ख्या बढ्नसक्ने अस्पताल स्रोतलाई उद्धृत गरी स्थानीय सञ्चारमाध्यमले लेखेका छन् ।’

मृतकमध्ये एक गर्भवती महिला र कम्तीमा दुईजना साना केटाकेटीहरू रहेका थिए । घटनामा एउटा सडक छेउमा रहेको घर पनि जलेको थियो ।