विदेशबाट कोरोना भित्रिन नदिन चीनले गर्‍यो कडा घोषणा, सबै सीमानाका बन्द

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, चैत्र १४, २०७६

नेपाटप

काठमाडौं – कोरोना भाइरसको संक्रमण पहिलो पटक देखिएको चीनमा महामारी अन्त्यतिर गइसकेको छ ।

चीनमा कोरोनाको महामारी अन्त्यतिर पुगेको भएपनि युरोप र अमेरिकन देशमा कोरोना महामारी बढ्दै गइरहेको छ ।

नेपाल लाइफ

अन्यत्र देशबाट चीनमा कोरोना भित्रिनसक्ने खतरालाई मध्यनजर गर्दै चीन सरकारले भोलि शनिवारदेखि सबै सीमानाका बन्द गर्ने घोषणा गरेको छ । चीनले विदेशी नागरिकलाई प्रवेशको अस्थायी रोक समेत लगाएको छ ।

चीन सरकारले बिहीवार साँझ सीमा बन्द र विदेशीलाई अस्थायी रुपमा प्रवेश रोकेको चिनियाँ विदेश मन्त्रालयले विज्ञप्ति जारी गरेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

चीनले भिसा तत्काल जारी नगर्ने र जारी गरेकाहरूलाई पनि अर्को सूचना जारी नभएसम्मका लागि प्रवेश नदिने जनाएको छ । तीन महिनाअघि कतिपय देशले चीनमा कोरोना भाइरस देखिएपछि चीनबाट आउने विमानलाई रोक लगाएका थिए ।

अहिले चीनले कोरोना भाइरस विरुद्धको संघर्षमा धेरै सफलता हासिल गर्दा अन्य देशमा संक्रमण बढेको छ । अन्यत्र संक्रमण बढेपछि चीनले विदेशीलाई अस्थायी रुपमा रोक लगाएको छ ।