विमान घरमा ठोक्किएर दन्कियो आगो, २४ जनाको मृत्यु

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर ८, २०७६

नेपाटप

काठमाडौं – उडिरहेको विमान एकाएक घरहरूमा ठोक्किएर दुर्घटना हुँदा प्रजातान्त्रिक गणतन्त्र कंगोमा २४ जनाले मृत्यु भएको छ ।

कंगोको गोमा शहरका घरमा ठोक्किएर विमान दुर्घटनामा हुँदा आगो दन्किएको थियो । दुर्घटनामा परेको विमानमा १७ यात्रु र चालक दलका २ सदस्य रहेका थिए ।

नेपाल लाइफ

दुर्घटनाका कारण घरहरूमा रहेका अन्य ५ जना सर्वसाधारणको समेत मृत्यु भएको छ । पूर्वी क्षेत्रमा रहेको गोमा विमानस्थलबाट उत्तरमा रहेको बेनी शहर उड्न लागेको ड्रोनियर–२२८ विमान दुर्घटना भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

विमान दुर्घटनापछि घरहरूमा समेत क्षति पुगेकाले मृतकको संख्या अझै बढ्न सक्ने अनुमान गरिएको छ । घटनापछि उद्धारको काम भइरहेको छ ।