शक्तिशाली भूकम्पपछि फैलियो त्रास

मिडिया डबली संवाददाता प्रकाशित : आइतवार, मंसिर १, २०७६

नेपाटप

काठमाडौं – पूर्वानुमान गर्न नसकिने भएका कारण अकस्मात उत्तर अफ्रिकी मुलुक मोरक्कोको मध्यक्षेत्रमा गएको भूकम्पका कारण देशभर त्रास फैलिएको छ ।

आईतबार दिउँसो मोरस्कोमा ५.३ म्याग्निच्युडको भूकम्प गएको छ । जसबाट सर्वसाधारण त्रसित बनेका छन् ।

नेपाल लाइफ

मोरक्कोको भौगर्भिक इन्स्टिच्यूटले प्रकाशन गरेको विज्ञप्ति अनुसार भूकम्प मिडेल्ट प्रान्तमा गएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । भूकम्पको केन्द्रबिन्दु जमिनको सतहबाट करीब ४ किलोमिटर गहिराइमा रहेको रेकर्ड गरिएको छ ।

भूकम्पको धक्का फेस र मेकनेस क्षेत्रमा समेत अनुभव गरिएको छ भने क्षतिको यकिन विवरण प्राप्त भइसकेको छैन ।