अमेरिकामै राष्ट्रपति डोनाल्ड ट्रम्पलाई २० लाख डलर जरिवाना !

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, कार्तिक २२, २०७६

नेपाटप

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई अमेरिकी अदालतले २० लाख डलर जरिवाना गरेको छ ।

ट्रम्पले परोपकारी संस्थाको रकम दुरुपयोग गरेको आरोपमा न्यूयोर्कको अदालतले २० लाख अमेरिकी डलर तिर्न आदेश दिएको हो ।

नेपाल लाइफ

‘डोनल्ड जे ट्रम्प फाउन्डेसन’ नामक परोपकारी संस्थाको रकम राष्ट्रपति ट्रम्पको व्यक्तिगत स्वार्थपूर्तिमा खर्च गरिएको भन्दै अदालतले जरिवाना तिर्न आदेश दिएको छ ।

ट्रम्प र उनकी छोरीले सञ्चालन गरेको परोपकारी संस्थाले राजनीति गर्न नपाउने समेत अदालतको ठहर छ ।

व्यक्तिगत प्रयोजनका लागि खर्च भएको रकम फिर्ता गर्नुपर्ने समेत अदालतको आदेशमा छ ।

ट्रम्पले २०१६ को चुनावी अभियानमा संस्थाको रकम खर्च गरेको अदालतको ठहर रहेको छ ।