नेपाली भूभाग मिचेकाबारे भारतले मुख खोल्यो, दियो यस्तो जवाफ

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, कार्तिक २१, २०७६

नेपाटप

काठमाडौं – भारतले धारणा सार्वजनिक गर्दै नयाँ नक्सामा नेपाली सीमाबारे कुनै परिवर्तन नभएको दाबी गरेको छ ।
हालै जारी गरेको आफ्नो नक्सामा नेपाली भूभाग नपरेको भारतले स्पष्ट पारेको छ ।

बिहीवार भारतीय विदेश मन्त्रालयले पत्रकार सम्मेलन गरी नयाँ नक्सामा नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको जनाएको छ ।

नेपाल लाइफ

भारतले जारी गरेको नयाँ नक्सामा नेपालको कालापानी र लिपुलेक पनि समावेश गरेर औपचारिक रुपमै नेपाली भूमि हडप्न खोजेको भन्दै नेपालमा विरोध प्रदर्शन भइरहेका बेला भारतीय विदेश मन्त्रालयका प्रवक्ता रवीशकुमारले नेपाल र भारतको सीमानाबारे कुनै परिमार्जन नगरेको जनाएका छन् ।

उनले नयाँ नक्साले भारतको यथार्थ सार्वभौम क्षेत्रलाई समेटेको उनले बताए । प्रवक्ता कुमारले नेपालसँग जोडिएका सीमा व्यवस्थित गर्न दुई देशीय संयन्त्रले काम गरिरहेको भन्दै द्विपक्षीय सम्बन्धका आधारमा संवादमार्फत् समाधान खोज्ने प्रतिबद्धता समेत जनाएका छन् ।

भारतको नयाँ नक्सामा कुनै पनि हिसाबले नेपाल–भारत सीमा परिमार्जन नगरिएको उनले बताए । दुई देशबीच विवाद सिर्जना गराउने तत्वबाट दुबै देश सचेत रहनुपर्ने उनले बताएका छन् ।