Logo
  • शुक्रवार, जेठ १६ २०७७May 29 2020

images
images

नेपालमा अहिलेसम्म कोभिड–१९ भएको छैनः डा. पुन

नेपालमा अहिलेसम्म कोभिड–१९ भएको छैनः डा. पुन

  • मिडिया डबली

  • शनिवार, बैशाख २० २०७७


  • काठमाडौं–टेकु अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुन नेपालीहरु लाई अहिले सम्म कसैलाई पनि कोरोना संक्रमण भइनसकेको बताउँछन् । अहिलेसम्मको अवस्था हेर्दा नेपालीहरुमा कोरोनाको सवैभन्दा कान्छो भाईरस (सार्क सि ओ भि – २ ) मात्रै भएको डा. पुनको भनाइ छ।

    नेपालमा ५९ जना कोरोना संक्रमित छन् । १६ जनालाई निको भएको छ । काठमाडौं उपत्यकामा देखिएका ५ संक्रमितलाई ठीक भएपछि नयाँ संक्रमित भेटिएका छैनन् । बाग्लुङका दुई संक्रमित घर फर्किएसँगै त्यहाँ पनि नयाँ कोरोना संक्रमित छैन।

    images

    ५९ मध्ये एउटैलाई पनि गम्भीर समस्या देखिएन। ८१ वर्षकी महिलाले पनि नेपालमा कोरोना जितेको उदाहरण छ। संक्रमणको दर अरु देशको तुलनामा कम छ। संक्रमण पुष्टि हुनेहरु धेरैजसो कोरोनाको लक्षणविहीन छन्। कतिपय केसमा घरमा संक्रमितसँगै बसेकालाई पनि संक्रमण देखिएको छैन। संक्रमितलाई गम्भीर समस्या नहुनु, सर्ने दर कम हुनु र लक्षण नै नदेखिनुका विभिन्न कारणहरु भएको विज्ञहरुले बताएका छन्।

    नेपालमा गम्भीर समस्या नदेखिनु र मृत्यु नहुनुको कारण धेरैलाई कोभिड १९ नहुनु मान्छन् टेकु अस्पतालका डाक्टर पुन। उनका अनुसार सार्स सीओभी २ कोरोना समूहको सबैभन्दा कान्छो भाइरस हो। र, यसको संक्रमण भएमा कोभिड १९ रोग हुने हो। नेपालमा संक्रमित हुने धेरैलाई कोभिड भएको छैन। कोभिड नभएकै कारणले गम्भीर बिरामी नभएका हुन्।नेपालमा संक्रमण हुने धेरैजसोमा लक्षण देखिएको छैन। त्यसले घरघरमा गएर संक्रमित खोज्नु परेको उनको भनाई छ। लक्षण नदेखिनु भनेको सार्स सिओभी २ हुनु तर कोभिड १९ नहुनु भएको पुनको तर्क छ। धेरैजसो नेपालीलाई भाइरसको संक्रमण भए पनि कोभिड किन भएन भन्ने अनुसन्धानको विषय भएको पुनले बताए।

    डाक्टरहरु नेपालमा एक प्रकारको कोरोना भाइरस पहिल्य भएको दाबी गर्छन्। जसलाई अनुसन्धानले पनि पुष्टि गरिसकेको छ। यसैको कारण नेपालमा संक्रमण व्यापक नभएको तर्क गर्छन्, विज्ञहरु। जोन हप्किन्स विश्वविद्यालयले सन् २०११–१४ सम्म सर्लाहीमा गरेको अध्ययनले नेपालमा एक प्रकारको कोरोना भाइरस रहेको देखाएको थियो। माइक्रोबायोलोजिष्ट प्राध्यापक डा. प्रकाश घिमिरे एउटा जातको कोरोना संक्रमण नेपालमा पहिले पनि भएकाले नेपालीसँग कोरोनासँग लड्न रोग प्रतिरोधात्मक क्षमता विकास भएको हुनसक्ने बताउँछन्। उनी संक्रमण कम हुनुमा त्यसको पनि केही न केही भूमिका रहेको दाबी गर्छन्।

    नेपालमा एक खालको कोरोना थियो जसकारण थोरै क्रस इम्युनिटी पावर विकास भएको हुन सक्छ,’ उनले भने। घिमिरेको तर्कसँग सहमत छन् डा. पुन, संक्रमण ब्यापक नहुनुको एउटा कारण नेपालीमा पहिला पनि एक प्रकारको कोरोना हुनु पनि भएको उनको ठम्याई छ। तर, यसमा अध्यन हुनुपर्ने खाँचो औल्याउछन् डाक्टर पुन।’एक प्रकारको कोरोना त पहिला पनि थियो। त्यसले गर्दा इम्युनिटी विकास भएर पनि संक्रमण कम भएको हुन सक्छ ।

    शनिवार, बैशाख २० २०७७०३:०३:१८
    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology