देखिए कोरोनाका नयाँ लक्षण, के–के हुन्?

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, चैत्र ८, २०७६

नेपाटप

काठमाडौं– केवल ज्वरो आउनु र खोकी लाग्नु मात्रै कोरोनाको लक्षण होइन गन्ध र स्वाद थाहा पाउने क्षमतामा कमी आउनु पनि यसको लक्षणका रुपमा देखा परेको छ। कोरोना संक्रमित मानिसहरूलाई ज्वरो आउने, गला दुख्ने, सुख्खा खोकी लाग्ने, मांसपेशी दुख्ने र सासको दुखाइ र अन्य समस्या हुन सक्छ।

जर्मन विशेषज्ञहरुद्वारा रिपोर्ट गरिएको नयाँ लक्षण अनुसार गन्ध र स्वादको क्षमता कोरोना संक्रमितहरुमा कम हुने गरेको छ। यी लक्षणहरु ६६ प्रतिशत बिरामीहरुमा देखिएको थियो।

नेपाल लाइफ

अर्को नयाँ लक्षणमा पखाला पनि लाग्न सक्छ। यो लक्षण कोरोनाका बिरामी मध्ये ३० प्रतिशतमा देखा परेको छ। कोरोनाको संक्रमण विश्वमा तीव्रगितमा फैलिइरहेको छ। यो महामारीलाई रोक्न अहिलेसम्म कुनै औषधि आविष्कार भएको छैन।