विश्वप्रकाश, गगन, रामहरिहरूले कांग्रेस कब्जा गर्ने माग उठ्याे, युवाहरू खुसी !

मिडिया डबली प्रकाशित : शनिबार, फाल्गुन २४, २०७६

नेपाटप

मिडिया डबली

नेपाली कांग्रेसले आफ्नो १४औँ महाधिवेशनको तयारी शुरु गरेको छ । पार्टीभित्र विभिन्न उतार चढावहरू छन् । सभापति शेरबहादुर देउवाले विभागहरू गरेका छन् ।

नेपाल लाइफ

आमन्त्रित केन्द्रीय सदस्यहरू बनाएका छन् जेष्ट सदस्यहरूका लागि अलग व्यवस्था गरेका छन् । सभापति देउवाले गरेको नयाँ व्यवस्थाले केही हदसम्म सकारात्मक सन्देश दिए पनि वरिष्ठ नेता रामचन्द्र पौडेल र कोइराला परिवारलाई चित्त बुझेको छैन । पौडेल र कोइराला परिवारले देउवालाई असफल बनाउन खोजेका छन् ।

चार वर्षसम्म विभागहरू गठन गर्न नसकेका देउवाले अहिले आएर कि गठन गर्नुपर्यो ? प्रश्न उब्जिएको छ । देउवाले असन्तुष्ट समूहलाई पनि सहमतिमा ल्याएर विभाग गठन गरेको भए उचित हुने थियो ।

देउवाले सहमतिको प्रयास पनि गरेका हुन् । १४औँ महाधिवेशनको मुखमा देउवालाई साथ दिन असन्तुष्ट पक्ष तयार छैन । देउवाका हरेक निर्णय र गतिविधिहरूलाई पौडेल र कोइराला समूहले आलोचना गर्दै आएको छ ।

१३औँ महाधिवेशनका बेला देउवाले गरेको प्रतिवद्धताहरू पूरा गर्न नसकेको आलोचना हुँदै आएको छ । देउवालाई असफल बनाउँदा वा आलोचना गर्दा मात्रै १४औँ महाधिवेशनमा आफ्नो उदेश्य पूरा हुने पौडेल र कोइराला समूहको बुझाइ छ । यस्तो अवस्थामा देउवालाई घेराबन्दीमा पार्नुनै पौडेल र कोइराला परिवारको ठूलो उपलब्धि हुन सक्छ ।

कोइराला परिवारले कहिल्यै पनि कांग्रेसको नेतृत्व अन्य कोइराला परिवारभन्दा बाहिर नजाओस् भन्ने पक्षमा थियो । कोइराला परिवारको त्यो ईच्छालाई देउवाले भत्काइदिए ।

कोइराला परिवार सबैभन्दा धेरै देउवासँग असन्तुष्ट छ । कांग्रेसलाई आफ्नो बिरासत ठान्ने कोइराला परिवारले देउवालाई कहिल्यै पनि रुचाएन ।

वरिष्ठ नेता रामचन्द्र पौडेललाई प्रयोग गरेर कोइराला परिवारले १४औँ महाधिवेशनबाट कांग्रेसको नेतृत्व कोइराला परिवारभित्र पार्न चाहन्छ । यो कुरा पौडेलले बुझेका छैनन् । कोइराला परिवारप्रति लोकतन्त्रलाई बुझेका कांग्रेसका कार्यकर्ताहरूले धेरै मोह देखाउनु हुँदैन ।

गिरिजाप्रसाद कोइरालाको निधन भइसकेको छ । गिरिजाप्रसाद कोइरालाको आलोचना गर्नु अहिले असान्दर्भिक हुन सक्छ । तर, तितो सत्य के पनि हो भने गिरिजाप्रसाद कोइरालाकै कारण देउवासहितको ठूलो समूहले कांग्रेस छाड्नु परेको थियो । बेग्लै पार्टी बनाउनु परेको थियो ।

सोही कारणले पनि कोइराला परिवार पार्टीलाई भन्दा पनि व्यक्तिगत र परिवारगत कुरालाई विशेष ध्यान दिँदै आएको छ ।

अबको १४औँ महाधिवेशनमा कांग्रेसको नेतृत्व गगन थापा, बिश्वप्रकाश शर्मा, रामहरी खतिवडा, प्रदिप पौडेल, धनराज गुरुङ, अभिषेकप्रताप शाह,मिन कृष्ण महर्जन जस्ता युवा पुस्तामा जानुपर्ने कांग्रेस सुभेच्छाहरुको जोडदार माग छ।

देउवा वा कोइराला परिवारभन्दा पनि युवा पुस्ता जो कोहीले पनि कांग्रेसको नेतृत्व लिएर नयाँ ढंगले अगाडि बढेको राम्रो हुनेछ ।