हाम्रो वर्णमालामा नेपाली वर्ण चाहिँ कुन कुन हुन् ?

डा. माधव प्रसाद पोखरेल प्रकाशित : मङ्लबार, पुस १५, २०७६

नेपाटप

१. प्रचलित नेपाली वर्णमाला:
सबै नेपाली विद्यार्थीहरुले नेपाली भाषाको वर्णमाला भनेर संस्कृत भाषा लेख्न प्रयोग गरिने निम्न लिखित स्वर र व्यञ्जनका सङ्केतहरु चिनेका हुन्छन्ः

१. स्वरः अ, आ, इ, ई, उ, ऊ, ऋ, ऋृ, लृ, ए, ऐ, ओ, औ, अं, अः ।

नेपाल लाइफ

२. व्यञ्जनः क, ख, ग, घ, ङ, च, छ, ज, झ, ञ, ट, ठ, ड, ढ, ण, त, थ, द, ध, न, प, फ, ब, भ, म, य, र ल, व, श, ष, स, ह, क्ष, त्र, ज्ञ ।
यस लेखमा नेपालीहरुले अहिलेसम्म नेपाली भाषाका वर्ण भनेर चिनेका संस्कृ भाषाका यी वर्णहरु भाषाविज्ञान अथवा व्याकरण शास्त्रका आधारमा पनि नेपाली भाषाका वर्ण ठहर्छन कि ठहर्दैनन्, त्यसको समीक्षा गरिन्छ ।

२‍. लघुतम युग्मः
निम्नलिखित दुईवटा कुरा पुगेका जुनसुकै दुई शब्दका जोडालाई भाषाविज्ञानमा लघुतम युग्म भनिन्छस्

क. एउटै परिस्थितिमा मात्र उच्चारणमा फरक हुने,

ख. अन्यत्र उच्चाणमा फरक नहुने ।
उदाहरणका लागि हामी निम्नलिखित ३ देखि ५ मा भएका शब्दका जोडा ९युग्म० हरू लघुतम युग्म भए कि भएनन् भनेर जाँचौँ ।

३. चाल, छाल, जाल, झाल ९पदादि अर्थात् शब्दका सुरुमा फरक०

४. खप्, खाप्, खिप्, खुप्, खुप्, खेप, खोप ९पदमध्य अर्थात् शब्दका बीचमा फरक०,

५. छाङ, छान्, छाम् (पदान्त अर्थात् शब्दका आखिरमा फरक)
तेस्रो उदाहरणमा भएका हरेक दुई ९चाल–छाल, चाल–जाल, जाल–झाल, खप्–खाप्, खिप–खेप, छाङ्–छान्, छान् –छाम्० शब्द लघुतम युग्म हुन् । यी हरेक शब्दमा तीन तीनवटा ध्वनि छन् । जस्तै स्
३क. चाल (च्–आ–ल्), छाल (छ्–आ–ल्), इत्यादि ।
४क. खुप् (ख्–उ–प्), खोप (ख्–ओ–प्), इत्यादि ।
५क. छाङ (छ–आ–ङ्), छान् (छ–आ–न्), इत्यादि ।

पहिलो उदाहरण (३क) मा शब्दको सुरु (पदादि) मा (च्–छ् मा) मात्र उच्चारणमा फरक छ, बाँकी (आ–ल्) ध्वनि त उही छन् । दोस्रो उदाहरण (४क) मा शब्दको बीच (पदमध्य) मा ख् र प् का बीचमा मात्र उकार र ओकारमा फरक छ । तेस्रो उदाहरण (५क) मा शब्दको अन्त्य (पदान्त) मा मात्र (ङ–न को) उच्चारणमा फरक छ, बाँकी (छ–आ) ध्वनि उही उही छन् ।

लघुतम युग्म नै वर्ण निर्धारण गर्ने अर्थात वर्ण र संवर्ण छुट्याउने कसी हो, किनभने जुनसुकै भाषाको वर्ण निर्धाण गर्न अथवा वर्णमाला बनाउन लघुतम युग्मकै प्रयोग गरिन्छ । लघुतम युग्मकै प्रयोग गरिन्छ । लघुतम युग्मले नै जुनसुकै भाषामा वर्ण र संवर्णमा फरक छुट्याउँछ ।

संसारका जुनसुकै भाषामा पनि शब्दको सुरु ९पदादि०मा जति धेरै उच्चारणमा फरक देखाउने लघुतम युग्म शब्दको बीच (पदमध्य)मा अथवा अन्त्य (पदान्त) मा पाइँदैनन् तर ङ जस्ता कुनै ध्वनिलाई वर्ण प्रमाणित गर्न पदान्तको परिस्थिति पदादि र पदमध्य परिस्थितिभन्दा बढ्ता अनुकूल मानिन्छन् । अर्कातिर य, व, ह लाई वर्ण प्रमाणित गर्न चाहिँ पदान्त एकदम प्रतिकूल परिस्थिति हो, किनभने नेपालीमा य, व, ह पदान्तमा कहिल्यै पनि आउँदैनन् ।

३. वर्ण र संवर्णः
माथि (३–५) मा दिइएका जस्तै लघुतम युग्म (जोडा)मा उच्चारणमा फरक पर्दा अर्थमा पनि फरक भयो भने, ती फरक फरक उच्चारण फरक फरक वर्ण हुन् । तर लघुतम युग्ममा उच्चारण चाहिँ फरक छैन भने, त्यस्ता फरक फरक उच्चारण चाहिँ फरक फरक वर्ण नभएर एउटै वर्णका फरक फरक संवर्ण मात्र हुन् । पतञ्जलि (इपू १५०) ले महाभाष्यमा वर्णव्यत्यये चार्थान्तरगमनात्, दोस्रो आह्निक, कूपः, सूपः यूपः चारुदेव पृ. १०१० लघुतम् युग्ममा वर्णको परिभाषा गर्न अर्थको भूमिका प्रस्ट्याएका छन् ।

माथिका सबै (३–५) लघुतम युग्ममा उच्चारणमा भएको फरकले अर्थमा पनि फरक पर्ने हुनाले ती सबै फरक उच्चारण नेपाली भाषाका फरक वर्ण हुन् । उदाहरणका लागि चाल र छालको एउटै अर्थ हुँदैन । त्यस्तै चाल र जालको अनि छाल र झालको अनि जाल र झालको पनि एउटै अर्थ हुँदैन । त्यसैले हरेक लघुतम जोडा नेपाली भाषामा फेला पर्नेवित्तिकै नेपाली भाषामा च, छ, ज, झ फरक फरक वर्ण रहेछन् भन्ने कुरो भाषावैज्ञानिक आधारमा सिद्ध भइहाल्छ ।

एउटै परिस्थितिमा सटिएर अर्थमा फरक ल्याउने यस्ता जोडा कुनै भाषामा भेटिएनन् भने, उच्चारण भए पनि त्यस भाषामा यी ध्वनि फरक वर्ण ठहरिँदैनन् । नेपालीमा डोको शब्द र घोडा शब्दको ड फरक उच्चारण गरिने भएको धेरैजसो नेपालीहरुले चाल पाउँछन् तर फरक उच्चारण भएका यस्ता दुई किसिमको ड एउटै परिस्थितिमा आउनै सक्तैनन् । एउटै परिस्थितिमा आउन नसकेपछि यी दुईवटा ड साटिने लघुतम युग्म बन्नै सक्तैन । लघुतम युग्म बन्नै नसकेपछि अर्थमा फरक आउने झन् कुरै भएन, त्यसैले फरक उच्चारण भएको चाल पाउने वित्तिकै एउटै भाषाका कुनै पनि दुईवटा ध्वनि फरक फरक वर्ण नै ठहरिन्छन् भन्ने ठान्नु भ्रम हो ।

एउटै परिस्थितिमा कहिल्यै आउन नसक्ने यस्ता ध्वनिहरुलाई वर्ण नभनेर भाषाका संवर्ण चाहिँ भन्ने चलन छ । एउटा वर्णको जति फरक उच्चारण हुने भए पनि त्यो एउटै बुझिन्छ अर्थात् एउटै वर्णको उच्चारण भेद मानिन्छ अर्थात् त्यसले अर्थमा परिवर्तन गर्दैन ९पतञ्जलि, पृ।६७० ।

४. वर्णमालाः
वर्णमाला भनेको कुनै पनि भाषामा लघुतम युग्ममा उच्चारण र अर्थ दुवैले साटिन सक्ने ध्वनिहरुको सूची अथवा तालिका हो । यस्तो सूची वा तालिका संवर्णमाला नभएर वर्णमाला भएको हुनाले एउटै भाषाका एउटा वर्णका अनेक संवर्णहरुमध्ये कुनै एउटा ध्वनि मात्र वर्णमालामा सामेल गरिन्छ । टोल र डोलजस्ता लघुतम युग्ममा अर्थ फरक ल्याउन नेपालीमा दुईमध्ये कुनै एउटा ड भए पुगिहाल्छ । यसरी नेपाली वर्णमालाबाट जिब्रो फड्कारिने ड बाहिरिन्छ । कसैकसैले लेखेका नेपाली पहिलो किताबमा तल्थोप्ली भएको र नभएको गरी दुई प्रकारको ड लेखिएको देखिन्छ । त्यसो गर्नु गलत हो । तल्थोप्ली ड नेपाली वर्णमालामा चाहिँदैन ।
लघुतम युग्मले कसी लगाएर प्रमाणित भएका यस्ता ध्वनिहरु कुनै भाषामा वर्ण प्रमाणित भएपछि तिनीहरुलाई तालिका बनाएर राख्ने चलन छ ।

५.प्रचलित नेपाली वर्णमालामा सक्कले नेपाली वर्ण चाहिँ कुन कुन हुन् त ?

५.१ व्यञ्जन वर्णः
क. निम्नलिखित लघुतम युग्मबाट नेपालीमा क, ख, ग, घ, फरक फरक वर्ण सिद्ध हुन्छन् ।

६. काम, खाम, गाम, घाम
ख. च, छ, ज, झ लाई फरक फरक वर्ण सिद्ध गर्ने लघुतम युग्महरुः

७. चाल, छाल, जाल, झाल

ग. ट, ठ, ड, ढ लाई फरक फरक वर्ण प्रमाणित गर्ने लघुतम युग्महरुः

८. टोका, ठोका, डोका, ढोका ।
घ। त, थ, द, ध लाई फरक फरक वर्ण प्रमाणित गर्ने लघुतम युग्महरुः

९. तान, थान, दान, धान
ङ। प, फ, ब, भ लाई फरक फरक वर्ण प्रमाणित गर्ने लघुतम युग्महरुः

१०. पल, फल, बल, भल
च. ङ, न, म लाई फरक फरक वर्ण प्रमाणित गर्ने लघुतम युग्महरुः

११. दाङ, दान, दाम
छ। र, ल लाई फरक फरक वर्ण प्रमाणित गर्ने लघुतम युग्महरु

१२. तार, ताल
ज. य, व लाई फरक फरक वर्ण प्रमाणित गर्ने लघुतम युग्महरु:

१३. क. छाया, छावा, १३ख. राया, राजा, १३.ग बारी, वारि
झ. स, ह लाई फरक फरक वर्ण प्रमाणित गर्ने लघुतम युग्महरु

१४. साल, हाल ।
यी लघुतम युग्महरुले नेपालीमा उनन्तीसवटा व्यञ्जन वर्ण छन् भन्ने प्रमाणित हुन्छ । लघुतम युग्म नै भेटिन नसक्ने भएकाले प्रचलित तथाकथित नेपाली वर्णमालाका ञ, ण, श, ष नेपाली भाषाका वर्णभनेर प्रमाणित गर्न सिकिँदैन । छत्तीसवटा मध्ये क्ष, त्र, ज्ञ चाहिँ संस्कृतका पनि वर्ण नभएर संस्कृत भाषाका विशेष सन्धि नियमले गर्दा लेखिने गरेका संस्कृतकै संयुक्त व्यञ्जन मात्र हुन् ।

यसरी जसलाई हामी नेपाली वर्णमाला भन्छौँ, वास्तवमा त्यो नेपाली भाषाको नभएर संस्कृत भाषाको वर्णमाला हो । संयुक्त व्यञ्जन भएकाले क्ष, ञ, ज्ञ लाई नगन्नु हो भने, संस्कृतका तेत्तीसवटा व्यञ्जनबाट चारवटा घटाउँदा नेपाली वर्णमालामा उनन्तीसवटा व्यञ्जन वर्ण पुग्छन् ।

५.२ स्वर वर्ण
प्रचलित नेपाली वर्णमालामा स्वर वर्ण भनेर चिनाइएका माथि (१मा) लेखिएका पन्ध्रवटा अक्षरहरुमा पनि निम्नलिखित छवटा बाहेक अरू नौवटा लेख्य चिन्हहरु चाहिँ वर्ण भनेर प्रमाणित गर्न सकिँदैनन्ः
१५ अ, आ, इ, उ, ए, ओ

निम्नलिखित शब्दहरुबाट लघुतम युग्म रोजेर यी छवटा स्वरहरुलाई नेपाली भाषाका स्वर वर्ण भन्ने प्रमाणित गर्न सकिन्छ स्
१६. खप्, खाप्, खिप्, खुप, खेप, खोप
१७. चलो, चालो, चिलो, चुलो, चेलो, चोलो ।

नेपाली भाषामा ह्रस्व दीर्घको मात्रमा उच्चारणले फरक पार्ने लघुतम युग्म नपाइने हुनाले नेपाली वर्णमालामा ह्रस्व र दीर्घको भेद अनावश्यक छ । यसरी नेपालीमा संस्कृतमा जस्तो दुई, दुई किसिमका इकार, उकार नभएर एक एक किसिमको मात्र इकार उकार वर्णका रूपमा पाइन्छन् ।

कात्यायन (इपू)मुनिले संस्कृतमै पनि लृ वर्णको अस्तित्व स्वीकार गरेका छैनन् (चारुदेव शास्त्री, १९६८ इ:५२) । सम्पूर्ण संस्कृत वाङ्मयमा लृ भएको एक मात्र शब्द क्लृप्त पाइन्छ । नेपाली वाङ्मयमा लृकार भएको त्यस संस्कृत शब्दको प्रयोगै हुँदैन ।

नेपाली वाङ्मयमा चल्ने संस्कृत शब्दहरुमा दीर्घ ऋृकार भएको एउटै शब्द पनि छैन । ऋ, लृ जस्ता संस्कृतमा पाइने आक्षरिक व्यञ्जन नेपाली भाषामा नपाइने हुनाले नेपाली वर्णमालामा ऋ, लृ चाहिँदैनन् ।

संस्कृतमा एक मुल्को सासमा उच्चारण गर्न सकिने उे, औ यी दुईवटा मात्र सन्ध्याक्षर थिए । तर नेपालीमा त दसवटा (अइ, आइ, उइ, एइ, ओइ, अउ, इउ, एउ, ओउ) छन् । संस्कृतमा पनि ऐ, औ वर्ण नभएर सन्ध्यक्षर मात्र थिए, त्यसैले नेपाली वर्णमालामा ऐ, औ पनि चाहिँदैनन् ।

संस्कृतको जस्तो विसर्गको उच्चारण नेपाली वाङ्मयमा कतै पनि नभएकाले विसर्ग भएको अः अथवा अर्को कुनै स्वर पनि नेपाली वर्ण नभएकाले नेपाली वर्णमालामा पर्दैन ।
अनुस्वर (अं) संस्कृत वर्णविज्ञानको विशेष चिन्तनको फल थियो । नेपाली वर्णमालामा अनुस्वर पनि चाहिँदैन ।

६. अनुनासिक स्वरः
नेपाली भाषामा अनुनासिक र अननुनासिक स्वरको फरकले लघुतम युग्म बन्छ, संस्कृतमा बन्दैन । त्यसैले संस्कृतमा अनुनासिक स्वर वर्णका रुपमा पाइँदैनन्, नेपालीमा चाहिँ अनुनासिकता छुट्याउने पाँचवटा स्वरका लघुतम युग्म पाइने हुनाले नेपाली स्वर वर्ण मानक नेपालीमा एघारवटा र नेपालीका कुनै कुनै भाषिकामा बाह्रवटा पाइन्छन् । जस्तै स्
१८. त तँ, चाप चाँप, चाही चाहिँ, जाऊ जाऊँ, गरे गरेँ ।

६. निष्कर्षः

यसरी नेपाली वर्णमालामा भाषावैज्ञानिक आधारमा उनन्तीसवटा व्यञ्जन वर्ण र एघारवटा स्वर वर्ण भएकाले जम्मा चालीसवटा वर्ण पाइन्छन् ।
–मधुपर्क मासिक-२०६४ वैशाख अङ्कबाट