अजम्बरी छैन यो जिबन, बालुवाको घर झैँ ढल्छ [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, असार १९, २०७६

नेपाटप

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा रहेको म्युजिक कम्पनि जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार भएको मर्मस्पर्शी भजन गीत ‘अजम्बरी छैन..’ सार्वजनिक भएको छ ।

गायक भक्त घलेको आबाजमा रहेको उक्त गीतको शब्द श्री सिवाले लेखेका छन् । टिका भण्डारीले गीतको लय गरेका हुन् भने कुमार थापाले संगीत संयोजन गरेका छन् ।

नेपाल लाइफ

भिडियोमा मोडल सुरबीर पण्डित, रमा थपलिया र दिपक सापकोटाको दमदार अभिनय देख्न सकिन्छ।

मोडल तथा चर्चित निर्देशक शिशिर श्रेष्ठले निर्देशन गरको उक्त भिडियोको छायांकन दिपक गिरीले गरेका छन् । शिवा ग्रुपको युटुब च्यानल बाट सार्बजनिक गरिएको उक्त भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।

https://www.youtube.com/watch?v=tmC99O1FmcE