चर्चित नायिकाले विवाह नै नगरी छोरी जन्माएपछी हङ्गामा

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, असार १८, २०७६

नेपाटप

एजेन्सी– भारतकी एक ब्यापक चर्चामा रहेकी नायिकाले विवाह नै नगरी छोरी जन्माएको विषयले अहिले भारतभर हङ्गामा भएको छ ।

अववाहित नायिकाले आफूसँग तीन वर्षकी छोरी रहेको बताएपछि धेरैलाई अचम्म लागेको छ । ती नायिका हुनु, माही गिल । आफू अविवाहित रहेरै छोरीलाई जन्म दिएको र अब भने विवाह गर्ने सोच बनाएको बताइन ।

नेपाल लाइफ

भारतको एक प्रसिद्ध प्रत्रिका नवभारत टाइम्समा हालै प्रकाशित उनको अन्तर्वार्तामा बच्चा आफ्ना प्रेमीको भएको र उनी व्यापारका सिलसिलामा गोवामा रहने गरेको बताएकी छिन् । प्रेमी गोवामा भएकैले आफू बारम्बार गोवा आउजाउ गर्ने गरेको उनले स्पष्ट गरिन् । छोरी र प्रेमीप्रति आफूले गर्व गर्ने हामीले बताइन् ।

उनले दजलष्ल, ‘मेरी छोरी आगामी अगष्टमा तीन वर्षकी हुँदैछिन् । यसबारे मलाई कसैले सोधेन र बताइन् । अहिले सोधियो बताएँ ।’ विवाह नगरी सन्तान जन्माउनु सामान्य भएको उनको भनाइ छ ।

‘विवाह नगरीकन सन्तान जन्माउनु स्वाभाविक हो’, उनले भनेकी छन्, ‘मलाई यसमा कुनै समस्या लागिरहेको छैन । यो हरेक मानिसको निजी जीवन हुन्छ । यो पनि मेरो निजी जीवनको सवाल हो । ‘देव डी, साहेब बीबी और ग्याङ्गस्टर, दबंगजस्ता चलचित्रमा बोल्ड अभिनय गरिसेककी माही दर्शकले रुचाएकी नायिका हुन् । एजेन्सी