Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

कोरोना कहर र छिमेकीको अतिक्रमणविरुद्ध खेम सेञ्‍चुरीको देशभक्ति गीत सार्वजनिक

कोरोना कहर र छिमेकीको अतिक्रमणविरुद्ध खेम सेञ्‍चुरीको देशभक्ति गीत सार्वजनिक

  • मिडिया डबली

  • मंगलवार, जेठ ६ २०७७


  • कोरोना कहर र छिमेकीको अतिक्रमणविरुद्ध खेम सेञ्‍चुरीको देशभक्ति गीत सार्वजनिक
    काठमाडौं - नोभेल कोरोना भाइरसको कहर र छिमेकीको नेपाली भूमि अतिक्रमणविरुद्ध वरिष्ठ गायक खेम सेञ्चुरीले देशभक्ति गित ल्याएका छन् ।
     
    कोभिड-१९ अर्थात कोरोना भाइरसको त्रास र छिमेकी देश भारतको सीमा अतिक्रमण,भोक,प्यास, तिर्खा, निद्रा, थकान,आँसु, जीवनका सम्पुर्ण पिरको भारी बोकेर बाँच्न विवश दुखी, गरिब र राष्ट्रप्रेमी नेपालीको कथा बोकेको गीत सार्वजनिक गरिएको छ ।
     
    "कोरोनाविरुद्ध संसार लडेको छ । दिनदिनै संक्रमितको संख्या बढेको छ । नेपाल र नेपाली नै अप्ठ्यारोमा पर्यो । यही बेलामा छिमेकीले नै मन दुख्ने काम गर्यो । ए नेताज्यू केही त बोल यो आपतविपतमा", जस्ता मार्मिक शब्दहरु रहेका छन् ।
     
    'पुर्खाले रगतको खोलो बगाइ जोगाएको बिर्ता, हाम्रो भूमि जसरी नी ल्याउनुपर्यो फिर्ताजस्ता मर्मस्पर्शी र इतिहास बोल्ने शब्दहरु गीतमा रहेका छन् ।
     
    छिमेकी र मेरो देश बोलको देशभक्ती गीतमा नेत्र अर्यालको शब्द रहेको छ भने खेम सेञ्चुरीको स्वर र संगित रहेको छ । मालाश्री संगीत स्टुडियोमा रेकर्ड गरिएको गीतको संगीत संयोजन बिनोद बाजुरेलीले गरेका छन् ।
     
     

    मंगलवार, जेठ ६ २०७७०१:३७:४१

    मिडिया डबली

    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology