Logo
  • आइतवार, जेठ २५ २०७७Jun 07 2020

images
images

मनोज गजुरेलको व्यंग्य : ‘मेरो प्रधानमन्त्री दोबाटोको सालिक जस्तो नहोस्’ (भिडियोसहित)

मनोज गजुरेलको व्यंग्य : ‘मेरो प्रधानमन्त्री दोबाटोको सालिक जस्तो नहोस्’ (भिडियोसहित)

  • मिडिया डबली

  • मंगलवार, चैत्र २५ २०७६


  • मनोज गजुरेलको व्यंग्य : ‘मेरो प्रधानमन्त्री दोबाटोको सालिक जस्तो नहोस्’ (भिडियोसहित)

    काठमाडौं – हाँस्य कलाकार मनोज गजुरेलले कोरोना भाइरस संक्रमणको महामारीविरुद्ध लड्न र लकडाउनको बेला जनतालाई राहत दिन मेरो सरकार सरकार जस्तो हुनुपर्ने र पन्चर भएको कार जस्तो नहुनुपर्ने भन्दै व्यंग्य गरेका छन् । लकडाउनको समयमा घरमै बसिरहेका कलाकार गजुरेलले ट्विटरमा एउटा कविता प्रस्तुत गरेका छन् । यस्तो छ गजुरेलको कविता – मेरो एउटा सपना छ । मेरो सरकार सरकार जस्तै होस्, कसैको प्राइभेट लिमिटेड जस्तो नहोस् । मेरो कर्मचारी कर्मचारी जस्तै होस् । लिमिटेडको हेड जस्तो नहोस् । मेरो मन्त्री मन्त्रीजस्तै होस् कम्पनीको मालिक जस्तो नहोस् । मेरो प्रधानमन्त्री प्रधानमन्त्री जस्तै होस् तर दोबाटोको सालिक जस्तो नहोस् । मेरो सरकार सरकार जस्तै होस् भारदार जस्तो नहोस् विपद्को साथी जस्तो होस्, युद्धको सरदार जस्तो नहोस् । कोरोनाको कहरमा पनि कमिसनको रहर गर्नेको जिब्रो थुतोस्, भाइरसको भयमा पनि आफ्नै मात्रको जय गाउनेको जगल्टा लुछोस् । दशौं गुणा मूल्यमा सामान भित्र्याउन खोज्नेको असल्ली अनुहार उदांगो पारोस् । अत्यावश्यक वस्तुमा पनि कमिसन खोज्नेको अनुहार जनसामुन्ने नांगो पारोस् । मेरो सरकार जस्तो होस् पन्चर भएको कार जस्तो नहोस् । मन्दिर, मस्जिद, गुरुद्वार र चर्च जस्तो होस् रेस्टुरेन्ट र बार जस्तो नहोस् । मन्त्रीको बोली शिष्ट होस् साँढे टुक्रे झैं नढुक्रोस्, सल्लाहाकारको वचन सभ्य होस् हनुमान उफ्रे झैं नउफ्रोस् दलालसँग सम्बन्ध तोडोस् इमानदारसँग नाता जोडोस् । चन्दा दाताको साथ छोडोस् मतदातासित मन मोडोस् मेरो सरकार सरकार जस्तै होस् । देशका लागि भारजस्तो नहोस् । चौतारीको वरपीपल जस्तै होस् वनमारा झारजस्तो नहोस् । छोरालाई ठेक्का नदेओस् सालालाई किचन क्याबिनेटमा नहुलोस् । पत्नीलाई पीए नराखोस्, साली च्यापेर उद्धार भन्दै नडुलोस् । सरकारमा कार्यकर्ता मात्रै नभरोस्, विषय विज्ञको टोली बनोस्, महामारीलाई कमाउ उत्सव होइन कर्मोत्सवको बोली बनोस् । मेरो सरकार, सरकारजस्तो होस्, कबवल सलामी खाने खञ्चुवाको गिँढजस्तो नबनोस्, आपतको साथीजस्तो बनोस् सरकार केवल मलामी जाने भतुवाको भीडजस्तो नबोनोस् ।

    मंगलवार, चैत्र २५ २०७६०६:४९:०६

    मिडिया डबली

    सम्बन्धित समाचार
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology