‘तोरीको तेल लाएर कपाल कालो भो’का जोडीले फेरि ल्याए ‘पुतली’

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, चैत्र ८, २०७६

नेपाटप

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएका मोडल तथा निर्देशक सुनिल क्षेत्रिको अभिनयमा आएको ‘पुतली’ नामक गीतले अहिले बजारमा चर्चा बटुल्न सफल भएको छ ।

गायक भुपु पाण्डे र गायिका मेलिना राईको स्वरमा रहेको लोक आधुनिक गीत बजारमा भाइरल भएको छ । बुधबार यूट्युबमार्फत सार्वजनिक गरिएको ‘पुतली’लाई संगीत पाण्डेले नै दिएका छन् । शब्द भने राजेश अर्यालले लेखेका हुन् ।

नेपाल लाइफ

‘विगतका भिडियोभन्दा अलिक फरक भिडियो बनाएका छौँ’, निर्देशक तथा मोडल क्षेत्रिले भने, ‘दर्शक स्रोतालाई केही फरक शैलीको भिडियो दिन खोजेका छौँ ।’

म्युजिक भिडियोको निर्देशन सुनिल क्षेत्रीले नै गरेका हुन् । ‘पुतली’को म्युजिक भिडियोलाई अमृत चापागाइँले सम्पादन गरेका हुन् । ‘पुतली’मा सुनिल क्षेत्रीलाई अभिनयमा वीना राउत र नेपाली ठिटोस् टिमले साथ दिएका छन्।

केहि समय अगाडी आएको आधुनिक गीत तोरीको तेल लाएर कपाल कालो भोमा पनि मोडल सुनिल क्षेत्रि र वीना राउतकै अभिनय रहेको थियो ।