शितल गुरुङ र शान्तिश्री परियारको आवाजमा ‘ढाट्यो जिन्दगीले…’ रिलिज

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, चैत्र ५, २०७६

नेपाटप

काठमाडौँ- लोक दोहोरी गायक एवम इमेज लोक कलाकार सिजन २ मा पब्लिक च्वाईस अवार्ड विजेता गर्न सफल शितल गुरुङको आज मात्र लोकदोहोरी गीत  ‘ढाट्यो जिन्दगीले…’सार्वजनिक भएको छ।

गायक गुरुङलाई गायिका शान्तिश्री परियारले आवाजमा साथ् दिएकी छिन् । सर्जक रमेश परियारको लय, शब्दमा तयार गरिएको गीत बजारमा आएको केहि समयमा नै चर्चा बटुल्न सफल भएको छ । गीत निकै उत्कृष्ट रहेको छ भने गीतका प्रत्येक शब्द निकै मार्मिक र मन छुने छन् ।

नेपाल लाइफ

भिडियोलाई निर्देशक कपिल लामाले निर्देशन गरेका हुन् । भिडियोमा माया पिरती रोगकै कारण छुटेको देखाइएको छ । भिडियोमा मोडल सारिका केसी र किरण मगरको दमदार अभिनय देख्न सकिन्छ ।

सुरेश श्रेष्ठको छायाकंन रहेको भिडियोको सम्पादन मनोज कार्किले गरेका हुन । उक्त भिडियोको बजार व्यवस्थापन शुभारम्भ डिजिटलले गरेको हो ।