बेग राना र मन्जु लोवातीको लोकदोहोरी गीत ‘माष्टर साब…’ बजारमा रिलिज

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, फाल्गुन २४, २०७६

नेपाटप

काठमाडौँ- प्रवासमा बसेर पनि नेपाली गीतसंगीतमा निरन्तरता दिने गायक बेग राना र गायिका मन्जु लोवातीको लोकदोहोरी गीत ‘माष्टर साब…’ बजारमा रिलिज भएको छ ।

गायक बेग राना र मन्जु लोवतीको सुमधुर आवाज रहेको लोकदोहोरी गीतमा बेग रानाकै लय र शब्द सृजना रहेको छ। मोडल श्रीष्टि खड्का, लोमस शर्मा, राजेश हमाल ठकुरी र साया भण्डारीको भिडियोमा दमदार अभिनय देख्न सकिन्छ ।

नेपाल लाइफ

जनता डिजिटल एण्ड फिल्म्सको ब्यानरमा तयार गरिएको उक्त भिडियोको छायांकन भने दिपक गिरीले गरेका हुन्। सृजन बरालको निर्देशन रहेको भिडियोको सम्पादन अमृत चापागाईले गरेका छन् ।