मोडल ओबी रायमाझी र आयुष्मा कार्कीको अभिनयमा ‘जुन तारा’ रिलिज

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, फाल्गुन २३, २०७६

नेपाटप

काठमाडौं – मोडल ओबी रायमाझी र आयुष्मा कार्कीको अभिनयमा रहेको ‘जुन तारा’को म्युजिक भिडियो रिलिज भएको छ ।

अनिश दवाडी र कमला पोखरेलको आवाजमा सार्बजनिक भएको केहि समयमा नै गीतले चर्चा बटुलेको छ ।

नेपाल लाइफ

रिना मिचेको शब्द रहेको गीतलाई बिमल श्रीर्पालीले संगीत दिएका छन् । बिनोद बाजुरालीको संगीत संयोजनमा तयार गरिएको गीतलाई सस्कृति म्युजिक कम्पनीले बजारमा ल्याएको हो ।

भिडियोको निर्देशन कपिल लामाले गरेका हुन् । सुरेश श्रेष्ठको छायांकनमा तयार गरिएको भिडियोको सम्पादन दिपक बिस्टले गरेका छन् ।

म्युजिक भिडियो सर्जक तथा गायक खेम सेन्चुरीको आफ्नै यूटूब च्यानल बाट केहि बेर अगाडी मात्र सार्बजनिक गरिएको हो ।