मोडल स्यारोन रेग्मी र रेजिना भारतीको दमदार अभिनयमा ‘सागर सरि…’ सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, माघ १७, २०७६

नेपाटप

काठमाडौँ- चर्चित गायक प्रमोद खरेल र गायिका मेलिना राईको आवाज रहेको आधुनिक गीत नयाँ गीत ‘सागर सरि…’ सार्बजनिक भएको छ ।

गीतमा कविन्द्र भट्टराईको शब्द र प्रभात सुबेदीको संगीत रहेको छ। बि बि अनुरागीको संगित संयोजन रहेको गितमा चर्चित मोडल स्यारोन रेग्मी र रेजिना भारतीको दमदार अभिनय देख्न सकिन्छ।

नेपाल लाइफ

चर्चित निर्देशक कुमार केसीको निर्देशनमा तयार गरिएको गरेको भिडियोले केहि दिनमा नै चर्चा बटुल्न सफल भएको छ । भिडियोमा अजय रेग्मीको छायांकन र अधिनायक मान सेरचनको सम्पादन गरेका छ।