दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेको ‘चाइनेजो…’ चौतर्फी चर्चा [ भिडियोसहित ]

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ १६, २०७६

नेपाटप

काठमाडौँ- चर्चित गायिका बिष्णु माझि र गायक जिबन पन्तको आवाजमा रहेको लोकदोहोरी गीत ‘चाइनेजो…’ चौतर्फी भाइरल भएको छ । गायक तथा सर्जक जिबन पन्तकोकै लय रहेको गीतको शब्द नारायण कडेलले लेखेका हुन् ।

मण्डली फिल्म्स म्युजिक कम्पनी मार्फत आएको उक्त गीतको संगीत संयोजन यम थापा मगरले हरेका हुन् । गीतले छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको हो ।

नेपाल लाइफ

भिडियोको निर्देशन तथा कोरियोग्राफर दिपेन्द्र तिमल्सिनाले गरेका छन् । लोकदोहोरी भिडियोमा पहिलो पल्ट उनै निर्देशक तिमल्सिनाले नायक सलोन बस्नेतलाई नचाएका छन् भने नायिका आचल शर्माले नायक सलोन बस्नेतलाई अभिनयमा साथ् दिएकी छिन् ।

थुप्रै नेपाली गीतहरुमा निर्देशन गरिसकेका निर्देशक तिमल्सिनाद्वारा निर्देशित पछिल्लो म्युजिक भिडियोमा नयाँ प्रयोगहरू गरेका छन् ।

दोहोरी गीत भएपनि फरक शैलीमा म्युजिक भिडियो बनाइएको निर्देशक तिमल्सिनाले बताए । ‘दोहोरी गीत हो । कलाकारलाई अलिक फरक तरिकाले प्रस्तुत गर्न खोजेको छु ’, उनले भने, ‘म्युजिक भिडियो राम्रो बनेको छ ।’

नबराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् ।