आइतवार, आश्विन ११ २०७७Sep 27 2020

Logo
images
images

दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेको ‘चाइनेजो...’ चौतर्फी चर्चा [ भिडियोसहित ]

दिपेन्द्र तिमल्सिनाले निर्देशन गरेको ‘चाइनेजो...’ चौतर्फी चर्चा [ भिडियोसहित ]

  • बिहिवार, माघ १६ २०७६

  • 795
    SHARES

  • काठमाडौँ- चर्चित गायिका बिष्णु माझि र गायक जिबन पन्तको आवाजमा रहेको लोकदोहोरी गीत ‘चाइनेजो...’ चौतर्फी भाइरल भएको छ । गायक तथा सर्जक जिबन पन्तकोकै लय रहेको गीतको शब्द नारायण कडेलले लेखेका हुन् । मण्डली फिल्म्स म्युजिक कम्पनी मार्फत आएको उक्त गीतको संगीत संयोजन यम थापा मगरले हरेका हुन् । गीतले छोटो समयमा नै ब्यापक चर्चा बटुल्न सफल भएको हो । भिडियोको निर्देशन तथा कोरियोग्राफर दिपेन्द्र तिमल्सिनाले गरेका छन् । लोकदोहोरी भिडियोमा पहिलो पल्ट उनै निर्देशक तिमल्सिनाले नायक सलोन बस्नेतलाई नचाएका छन् भने नायिका आचल शर्माले नायक सलोन बस्नेतलाई अभिनयमा साथ् दिएकी छिन् । थुप्रै नेपाली गीतहरुमा निर्देशन गरिसकेका निर्देशक तिमल्सिनाद्वारा निर्देशित पछिल्लो म्युजिक भिडियोमा नयाँ प्रयोगहरू गरेका छन् । दोहोरी गीत भएपनि फरक शैलीमा म्युजिक भिडियो बनाइएको निर्देशक तिमल्सिनाले बताए । ‘दोहोरी गीत हो । कलाकारलाई अलिक फरक तरिकाले प्रस्तुत गर्न खोजेको छु ’, उनले भने, ‘म्युजिक भिडियो राम्रो बनेको छ ।’ नबराज उप्रेतीले छायांकन गरेको भिडियोको सम्पादन मनोज कार्कीले गरेका हुन् । https://www.youtube.com/watch?v=xJLn0qs8-L0

    images

    मिडिया डबली डट कम २०७३ श्रावण १ गतेबाट डबली नेटवर्क्स प्रा. लि द्वारा संचालित नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । अनुसन्धान र खोजमुलक समाचारलाई प्राथामिकता राख्ने यस पोर्टलमा सम्प्रेषित समाचारलाई कपि गरि अन्य साइटमा जस्ताको तस्तै राख्न पूर्ण रुपमा निषेध गरिएको छ । कुनै समाचार कपि गर्ने र अनिवार्य रुपमा ब्याक्लिंक नदिएको पाइएमा प्रचलित साइबर कानुन अनुसार कारवाहि गरिने जानाकारी गराइन्छ ।

    बिहिवार, माघ १६ २०७६०७:२८:३९
    ट्रेन्डिङ
    Logo
    • डबली नेटवर्क्स प्रा.लि, अनामनगर, काठमाडौँ

    • फोन नम्बर :९८०११२३३७१
    • [email protected]
    • वेबसाईट: www.mediadabali.com
    • सूचना विभाग दर्ता नं.::१८१/ ०७३ -०७४
    • प्रधान सम्पादक

    • कृष्ण प्रसाद पहाडी
    • सम्पादक

    • शोभाकान्त सापकोटा
    • साइट

    • बिनोद भट्टराई
    • संवाददाताहरु

    • निर्मला पौडेल
    • अमृत चापागाई
    • अर्जुन पहाडी

    Copyright © All right reserved to Dabali Networks P. LTD. Site By: SobizTrend Technology