डम्बर नेपालीको नयाँ गीत सुईटर च्यातिएको सार्वजनिक (भिडियो)

मिडिया डबली संवाददाता प्रकाशित : बिहिबार, माघ १६, २०७६

नेपाटप

काठमाडौं – चर्चित गायक डम्बर नेपाली नयाँ गीत ‘सुईटर फाटेको’ भिडियो प्रिमियर भएको छ । अनामनगरमा पत्रकार सम्मेलन विच भिडियो सार्वजनिक गरिएको घोषणा गरियो । गायक नेपालीकै स्वय शब्द संगीत रहेको गीतको भिडियो निर्देशन प्रविन भट्टले गरेका हुन् ।

भिडियोमा सम्झना रिमाल, विशाल घिमिरे, सोमु गुरुङ र जिना ब्रिजीले अभिनय गरेका छन् भने डम्बर नै भिडियोमा मुख्य भुमिकामा देखिएका छन् ।

नेपाल लाइफ

ग्रामिण परिवेशको माया अनि गरिवीको पीडालाई गीतमा मुख्य रुपमा उतारिएको गायक डम्बरले बताए । ‘आफ्नो प्रेमिकाको छेउमा कसलाई ‘टिपटप’ बनेर हिड्न मन लाग्दैन र रु गायक डम्बरले भने ‘ तर प्रेमिकालाई भेट्न सुईटर च्यातिएर समस्या भएका समस्या भएको कुरा उल्लेख गरिएको छ ।

लामो समय देखी नेपाली साँगीतिक यात्रामा अनवरत रुपमा लागिरहेका नेपालीले ‘सुईटर फाटेको’को बाट आशावादी भएको बताए । गायक नेपालीको ‘मेरो जिवनबाट जाने भए जाँउ तर अन्तिम पल्ट भेट्न आउ ’ बोलको गीतले छिन्नलता पुरस्कार पाएको थियो ।