सुनिल क्षेत्रिको निर्देशन तथा अभिनयमा ‘अमिलो अम्चुर…’ सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, मंसिर १३, २०७६

नेपाटप

काठमाडौँ- पछिल्लो समयमा लोकदोहोरी क्षेत्रमा कायापलट गरेका चर्चित निर्देशक तथा नायक सुनिल क्षेत्रिको लोकदोहोरी गीत ‘अमिलो अम्चुर…’ सार्बजनिक भएको छ ।

एक पछी अर्को दमदार भिडियोहरु सार्बजनिक गरेका क्षेत्रिको आज मात्र ‘अमिलो अम्चुर…’ सार्बजनिक भएको हो ।

नेपाल लाइफ

भिडियोको दरबार रोधी घर मायालु, कम्पेक्स दरबारमार्ग काठमाडौँमा भब्य रुपमा बिमोचन गरि आज सार्बजनिक गरिएको हो ।

गायिका मिरा गिरि र गायक नेत्र भण्डारीको आबाजमा रहेको उक्त गीत मिरा गिरि नामक युटुब च्यानल बाट सार्बजनिक गरिएको हो ।

चर्चित सर्जक रमेश बिजीको शब्दलाई टपक्क टिपेर धुर्ब राज धितालले गीतको लय गरेका हुन् । कृष्ण बिकको संगीत संयोजन रहेको गीतको भिडियोमा सुनिल क्षेत्रिकै निर्देशन तथा कोरियोग्राफर रहेको छ । भिडियोको छायांकन नबराज उप्रेतीले गरेका छन् ।

भिडियोमा नायिका ऋचा थापा र नायक सुनिल क्षेत्रिकै अभिनय देख्न सकिन्छ । उक्त भिडियोको सम्पादन अमृत चापागाईले गरेका हुन् ।