आशा लामाको ‘चुरा पोते’ सार्वजनिक (भिडियोसहित)

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, कार्तिक २९, २०७६

नेपाटप

काठमाडौं – विगत लामो समयदेखि नेपाली सांगीतिक क्षेत्रमा सक्रिय गायिका आशा लामा ‘ज्ञानमाला’को स्वरमा सजिएको नयाँ म्युजिक भिडियो ‘चुरा पोते’ सार्वजनिक भएको छ ।

रसियन कल्चर सेन्टरमा भएको राष्ट्रिय दृष्टिविहीन टेबल टेनिस संघको सहयोगार्थ गरिएको डीएआर सांस्कृतिक साँझ कार्यक्रममा वरिष्ठ संगीतकार दिपक जंगमले गीत विमोचन गरेका हुन् ।

नेपाल लाइफ

स्वागत नेपालको शब्द, चन्द्रप्रसाद सिवाकोटीको संगीत, एरेन्ज तथा रेकर्डिङ फिरोज बज्रार्चायले गरेका छन् भने ज्योति स्टुडियोमा गीत रेर्कड गरिएको हो । जय चन्द्रकुमार लामा र गायिका स्वयं आशा लामा ‘ज्ञानमाला’को अभिनय रहेको म्युजिक भिडियोको निर्देशन प्रभावन जेको रहेको छ ।

जय चन्द्रकुमार लामाको प्रस्तुति रहेको म्युजिक भिडियोको सम्पादन, सहनिर्देशन नविन भट्ट, क्यामेरा सागर गौतम, कला राजाराम गौतम, व्यवस्थापन विवेक चौलागाईंको रहेको छ ।

हेर्नुहोस् गीतको भिडियो –