सिमा रक्षा गर्न तात्तिए कालाकार, ल्याए यस्तो गीत (भिडियो)

मिडिया डबली संवाददाता प्रकाशित : बुधबार, कार्तिक २७, २०७६

नेपाटप

काठमाडौं– भारतले गत साता सार्वजनिक गरेको नयाँ राजनीतिक नक्साका कारण अहिले देशभर विरोध हुँदै आएको छ । कुटनीतिक तहबाट सिमा विवाद मिलाउनुपर्ने आवज उठिरहेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवाले लिम्पियाधुरा देखि कालापानीसम्म नेपालको भूमी भएकाले सरकारले तत्काल भारतसँग वार्ता गरे समस्याको समधान निकाल्नुपर्ने बताइरहेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले आवश्यक पहल नगरेको उनी रुष्ट देखिन्छन् । यतिमात्रै होइन्, जनस्तरबाट समेत खबरदारी भइरहेको छ । यही अवस्थामा अहिले नेपाली कला क्षेत्रबाट पनि चर्को बिरोध हुन थालिसकेको छ ।

नेपाल लाइफ

हालै ‘सिमा रक्षा’ नाम रहेको एउटा गीत सार्बजनिक भएको छ । उक्त गीतमा प्रबासमा रहने नेपालीहरुलाई पनि भिषाको प्रोसेसमा लाग्नको लागि अनुरोध गरिएको छ ।

हाम्रो देशको सीमामा कसैको गिद्दे नजरलाग्छ भने सम्पूर्ण नेपाली त्यसको बिरुद्धमा आन्दोलित हुनुपर्छ पर्छ भन्ने मुख्य विषयवस्तुलाई उठाइएको गीतमा नबराज घोरासैनी, कुमार पौडेल, सुर्यमणि आचार्य, निकेश तामाङ्ग, निरु कार्की, गोबिन्द ढुंगाना,माधब थापा, बाबुराम भट्टराई र रादिप सुनुवारको सुमधुर स्वर सुन्न सकिन्छ ।

माधब थापा द्वारा लय शब्द भरिएको गीतलाई सुनाखरी मल्टी मिडिया फाउन्डेसनले सार्बजनिक गएको हो ।