यी हिरोइनको हारगुहार सर्वाेच्चले सुनेन, छविराजसँगको बिहे पर्‍यो महंगो !

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, कार्तिक २६, २०७६

नेपाटप

काठमाडौं – अभिनेत्री शिल्पा पोखरेलले हारगुहार माग्दै सर्वोच्च अदालतमा दायर गरेको रिट खारेज भएको छ ।

सर्वोच्चका न्यायाधीशद्वय ईश्वर खतिवडा र मनोजकुमार शर्माको संयुक्त इजलाशले शिल्पाको रिट खारेज हुने फैसला गरेको हो ।

नेपाल लाइफ

सर्वोच्चका सूचना अधिकारी देवेन्द्र ढकालले रिट खारेज भएको जानकारी दिए । बहुविवाहको आरोपमा निर्माता छविराज ओझाकी जेठी पत्नी हेमाले जिल्ला अदालत काठमाडौंमा मुद्दा दायर गरेकी थिइन् ।

हेमाको उजुरीका आधारमा प्रहरीले काठमाडौं जिल्ला अदालतबाट शिल्पालाई पक्राउ गर्ने अनुमति लिएको थियो । त्यसपछि फरार रहेकी शिल्पाले जिल्ला अदालतको पक्राउ आदेशविरूद्ध पुनरावेदन अदालत हुँदै सर्वोच्चमा रिट दायर गरेकी थिइन् ।

सर्वाेच्चले शिल्पाको रिट खारेज गरेपछि उनले छविराजसँग गरेको विवाह महंगो गरेको छ । सर्वोच्च अदालतले शिल्पाको रिट खारेज गरिदिएपछि उनलाई पक्राउ गर्न प्रहरीलाई बाटो खुलेको छ । शिल्पाले गत साउन २९ गते सर्वोच्चमा रिट दायर गरेकी हुन् ।

चलचित्र निर्माता छविराज ओझाकी कान्छी पत्नी रहेकी शिल्पाको छविसँग विवाद भएको कुरा सुरूमा बाहिरिएको थियो । विवादकै क्रममा छविकी जेठी पत्नीले छवि र शिल्पाविरुद्ध बहुविवाहको उजुरी प्रहरीमा दर्ता गरेकी छन् ।