म्यूजिक प्रोड्युसर एसोसियसनको अध्यक्षमा पाण्डे

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, कार्तिक २६, २०७६

नेपाटप

काठमाडौं– म्यूजिक प्रोड्युसरहरुको साझा संस्था म्यूजिक प्रोड्युसर एसोसियसन नेपालको अध्यक्षमा बरिष्ठ गीतकार बी पाण्डे चुनिएका छन् ।

एसोसिएसनको ललितपुरको मार्स नेपाल रिसोर्टमा सम्पन्न प्रथम साधारण सभाले पाण्डेको नेतृत्वमा नयाँ कार्यसमिती चयन गरेको हो।

नेपाल लाइफ

कार्यसमितीमा उपाध्यक्ष कस्तुप पन्त , महासचिव बाबुराजा केसी ‘ऊज्वल’ , सचिव केशव सापकोटा र कोषाध्यक्षमा सन्तोष केसीलाई निर्वाचित गरेका छ।

त्यसैगरी कार्यसमिति सदस्यहरुमा पदमबहादुर बुढा, हीरा केसी, अर्जुन बोहरा, एकनारायण भण्डारी, बाबुराम बोहरा, सहदेव कोइराला, विमल अधिकारी र सुवास रेग्मी चुनिएका छन्।