माधब थापाको लय, शब्दमा नमराज ढुंगानाको ‘अंगालोमा अर्की…’सार्बजनिक

मिडिया डबली संवाददाता प्रकाशित : शुक्रबार, कार्तिक २२, २०७६

नेपाटप

काठमाडौँ- चर्चित गायक तथा सर्जक माधब थापाको लय, शब्दमा मर्मस्पर्शी लोकदोहोरी गीत ‘अंगालोमा अर्की…’सार्बजनिक भएको छ । गायक नमराज ढुंगाना र गायिका देबी घर्तिको सुमधुर आवाजमा केहि दिन मात्र बजारमा सार्बजनिक भएको हो ।

घिताल फिल्सको प्रस्तुतिमा बजारमा आएको उक्त लोकदोहोरी गीतको भिडियोमा मोडल शितल केसी, रन्जिता गुरुङ र प्रतिमा खड्काको जोडदार अभिनय देख्न सकिन्छ ।

नेपाल लाइफ

निर्देशक होम धितालको निर्देशनमा तयार पारिएको भिडियोलाई मरुभूमि नारायणले छायांकन गरेका हुन् । सम्पादक रोशन धितालले भिडियोको सम्पादन गरेका छन ।

भिडियोलाई सुनाखरी मल्टिमिडिया नामक युटुब च्यानलबाट सार्बजनिक गरिएको हो ।

भिडियो हेर्नुहोस्