नायिका साम्राज्ञीको तस्बिर सामाजिक संजालमा भाइरल, को हुन् अर्का व्यक्ति ?

मिडिया डबली संवाददाता प्रकाशित : शनिबार, साउन ४, २०७६

नेपाटप

काठमाडौँ- ब्यापक चर्चामा रहेकी नायिका साम्राज्ञी आर एल शाह पछिल्लो समयमा भने आफ्ना तस्बिरहरु सामाजिक संजालमा हालेर झनै चर्चामा रहेकी छिन् । ड्रिम्सबाट सुरु भएको उनको फिल्मी यात्रा मारुनी सम्म आइपुग्दा उनले पछाडी फर्कन परेको छैन । तर, बेला बखत सार्वजनिक हुने उनका तस्बिरले भने सामाजिक सञ्जाल तताउने गरेको हो ।

हालै भ्याकेसनका लागि इण्डोनेसियामा रहेकी नायिका शाहका केही तस्बिर सार्वजनिक भएका छन् जो बिलकुलै होस् उँडाइदिने खालका छन् । उनले आफ्ना प्रेमीसंग ओठमा चुम्बन गरेको देखी छातीमा चुम्बन गरेको तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक भएका छन् ।

नेपाल लाइफ

केही समय अगाडी उनको ट्याटु खोप्ने क्रममा खिचिएको आधा छाती देखिएको तस्बिर सामाजिक सञ्जालमा भाइरल भएको थियो । हाल उनको त्यस्तै तस्बिर पुन सार्वजनिक भएको छ । एक पछी अर्को यस्ता तस्बिर सामाजिक सञ्जालमा सार्वजनिक हुँदै जाने हो भने साम्राज्ञीलाई दर्शकले उनको तस्बिर कुन नजरले हेर्लान् ? त्यो हेर्न बाकि रहेको छ ?

उनको प्रेम पछिल्लो पटक देवांश राणासँग रहेको चर्चा चलिरहेको बेला सार्वजनिक भएको तस्बिरका युवा भने प्रस्ट देखिँदैनन् । के यी तिनै राणा हुन् ? सबैको चासोको बिषय बनेको छ ।