खेम सेन्चुरी र जानकी तारमी मगरको ‘छप्पै माया लै लै …’ चर्चामा

मिडिया डबली संवाददाता प्रकाशित : मङ्लबार, असार ३१, २०७६

नेपाटप

काठमाडौँ- पछिल्लो समयमा ब्यापक चर्चामा आएका सर्जक तथा गीतकार खेम सेन्चुरीको आवाजमा तीज गीत ‘छप्पै माया लै लै …’ सार्वजनिक भएको छ । लोकप्रिय गायिका जानकी तारामी मगरको तीज गीत “छप्पै माया लै लै ” केहि दिन अगाडीमात्र सार्बजनिक भएको हो ।

खेम सेन्चुरीको लय, शब्द तथा आवाज रहेको उक्त भिडियोमा पनि सेन्चुरीलाई नै देख्न सकिन्छ । भिडियोलाई गायिका जानकी तारामी मगरको आफ्नै युट्युव च्यानल बाट सार्बजनिक गरिएको ।

नेपाल लाइफ

सेन्चुरीलाई गायिका मगरले आबाज तथा अभिनयमा साथ् दिएकि छिन । गीतको संगीत संयोजन आशिष अविरलले गरेका हुन् भने बिष्णु शर्माले सम्पादन
गरेका हुन् । गीतको भिडियोेलाई प्रकाश भट्टले निर्देशन गरेका छन् ।